Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सडकमा छरिएका थिए ५ सय भारुका थुप्रै नोट, तर…


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ६ २०७७
  • 12.5K
    SHARES

एजेन्सी । कोरोनाभाइरसको डर मानिसहरुमा कतिसम्म छ भनेर इन्डियन एक्सप्रेसले एउटा रोचक खबर प्रकाशित गरेको छ ।
भारतको दिल्लीको लरेन्स रोड नजिकैको एक घर बाहिर सडकको किनारमा ५ सय भारुका थुप्रै नोट छरिएका थिए तर कसैले पनि यी नोटलाई छुने आँटसमेत गरेनन् ।
इलाकामा बस्ने अन्य मानिसहरुले उक्त नोट देखेपनि कसैले कोरोनाभाइरस फैलाउने उद्देश्यसहित यस्तो गरेको हुनसक्ने अनुमान गरे ।
त्यसपछि स्थानीयले पुलिसलाई बोलाए । स्यानिटाइज गरेपछि यी नोटलाई खाममा राखेर पुलिस स्टेशनतर्फ गए । इन्डियन एक्सप्रेसका अनुसार घटना त्यतिबेला सार्वजनिक भयो जब एक महिलाले पुलिसलाई आफ्नो पैसा हराएको जानकारी दिइन् ।
वास्तवमा एक महिलाले एटिएमबाट पैसा निकालेपछि त्यसलाई स्यानिटाइजरले धोएर बालकोनीमा सुकाएकी थिएन् । उनले पुलिससँगको कुराकानीमा सायद हावाका कारण केही नोट सडकमा खसेको हुनसक्ने बताइन् ।
एक पुलिस अधिकारीले पत्रिकासँगको कुराकानीमा भने, ‘सडकमा छरिएका नोटलाई कसैले पनि उठाएनन् । राम राज्य आएको जस्तो लागिरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४