Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना राहत कोषमा सहकारीहरुको २ लाख ५६ हजार सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ४ २०७७
  • 5.4K
    SHARES

सोम शर्मा (बजगाईं)
भक्तपुर । चाँगुनारायण नगरपालिकाले कोरोना भाइरस (कोभिड—१९) बिरुद्ध लड्नका लागि स्थापना भएको कोरोना व्यवस्थापन तथा नियन्त्रण कोषमा चाँगुनारायण नगरपालिकाभित्रका सहकारीहरुले २ लाख ५६ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । कोरोना कोषमा चाँगुनारायण—६ नगरकोटस्थित श्री युवा बचत तथा ऋण सहकारी संस्था लि.ले १ लाख रुपैयाँ, छिन्नमस्ता महिला साकोसले ३० हजार, नालाछाप प्रगतिशिल महिला साकोसले २१ हजार, सहयात्री साकोस र अष्टज साकोसले २०—२० हजार, सुरक्षा साकोस, क्षेत्रपाल गणेश कृषि सहकारी संस्था र दीपज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लि.ले १०—१० हजार सहयोग प्रदान गरेको नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिनुभयो । यसैगरी बृहत साकोस, सहारा साकोस, पर्वत साकोस, नौलो साकोस, सौडोल कृषि सहकारी, गोदावरी कृषि सहकारी र कामद कृषि सहकारीले ५—५ हजार रुपैयाँ सहयोग गरेको मिश्रले जानकारी दिनुभयो ।
नगरपालिका क्षेत्रभित्रका सहकारी सम्मिलित सहकारीहरुको संञ्जाल चाँगुनारायण नगरस्तरिय सहकारी सञ्जालको समन्वयमा रकम संकलन गरिएको सञ्जालका अध्यक्ष उमेश प्रधानले जानकारी दिनुभयो । सञ्जालले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बिरुद्धको लडाइमा नगरपालिकालाई साथ दिन राहत रकम सहयोग प्रदान गरिएको सञ्जालका सचिव प्रल्हाद बास्तोलाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४