Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतबाट नेपाल छिर्नेले चितवन राष्ट्रिय निकुञ्जको बाटो प्रयोग गरेपछि…


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ४ २०७७
  • 6.4K
    SHARES

हेटौंडा । वागमती प्रदेशअन्तर्गतको भारतसँग जोडिएको दक्षिणी सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दक्षिणी सीमामा पर्ने वाग्मती प्रदेशअन्तर्गत ३५ देखि ६३ नम्बर सीमा स्तम्भ यस क्षेत्रमा पर्छ । यस क्षेत्रमा पर्ने ८८ किलोमिटरअन्तर्गत बाँदरझुला, छरछरे र वाल्मीकि आश्रम क्षेत्रमा यसअघि नै बिओपीपोष्ट छ ।
हाल पाल टाँगेर पाँच थप जाँचविन्दु थप्ने काम भइरहेको सशस्त्र प्रहरी नेपाल १७ नम्बर गण आँपटारीका गणपति खेम थापाले बताए । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्ष पर्ने यस क्षेत्रमा भारतबाट लुकीछिपी स्वदेश फर्कने सम्भावना बढेपछि सशस्त्र र नेपाल प्रहरीले संयुक्त गस्ती गर्दै आएका छन् । केही दिनअघि भारत, सोमेश्वर क्षेत्रबाट लुकीछिपी नेपाल प्रवेश गरेका तीन जनालाई पक्राउ गरी माडी नगरपालिकाको सहकार्यमा क्वारेन्टाइनमा राखिएको थियो ।
सीमा जोडिएको सीमानाका माडीका बाँदरझुला, छरछरे, सोमेश्वर गढीलगायत मानिस भित्रिने प्रमुख प्रवेशद्वारमा हेल्पडेस्क स्थापना गरी जाँचसमेत तीव्र पारिएको छ । भारतबाट यस क्षेत्र हुँदै कोराना संक्रमित भित्रिन नदिन र भित्रिहालेमा तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह दिनका लागि ठाउँठाउँमा हेल्प डेस्क राखी जाँच भइरहेको सशस्त्र प्रहरी बल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय, मकवानपुर चितवनका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मचार्यले बताए । ‘अहिले कोरोनाको त्रास बढी छ, त्यसमा पनि भारतमा बढ्दै छ’ बाहिनीपति ब्रह्मचार्यले भने,‘ लकडाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिएपछि प्रहरीले सीमा क्षेत्रमा थप कडाइ गरेको हो ।’
यस क्षेत्रमा सीमानाकासँगै चितवन राष्ट्रिय निकुञ्जसमेत जोडिएकाले नेपाली सेनासँग सहकार्य गरेर सुरक्षा फौज थप गरी सीमा बन्द गराइएको छ । प्रदेशको दक्षिणी सीमानाका हुँदै रातिसमेत मानिस आउने क्रम नरोकिएपछि सुरक्षाकर्मीले संयुक्त गस्ती गस्तीसँगै जाँच गर्न थालेको नेपाल प्रहरी, वाग्मती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहालले जानकारी दिए । ‘यो बेला सुरक्षा सबैभन्दा ठूलो चुनौती हो’, उनले भने, ‘कोरोनाबाट भयमुक्त पार्ने गरी सुरक्षा रणनीति अपनाएका छौंँ ।’ करिब ८० किमी खुला सीमा सुरक्षा दृष्टिकोणले अति संवेदनशील मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४