Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भगवान श्रीराम पछि राजगद्दी सहज तरीकाले त्याग गर्ने राजा ज्ञानेन्द्र नै हुन्ः महेश सिह माल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २२ २०७६
  • 7K
    SHARES

काठमाडौं । राजा ज्ञानेन्द्र पुर्ण नैतिक मार्गमा थिए । राजा ज्ञानेन्द्र शाहले राजगद्दी त्यागेका हुन्। राष्ट्र त्याग होइन एउटा असहज र जटिल मोडमा जिम्मेवारी पाएका राजा ज्ञानेन्द्र राज धर्म अनुसार चलेका हुन। यसमा कुनै दुईमत देखिदैन । राजा श्रीरामले आफ्नी आमाको चाहना अनुरुप गद्दी त्याग गरेका थिए भने राजा ज्ञानेन्द्र शाहले जनचाहना अनुरुप राजगद्दी जनताको लागि त्याग गरेका थिए ।
शाही सम्बोधन लाई आधार मान्ने हो भने पनि हामी जनताको नासो जनतालाई नै सुम्पेका छौ भनेका छन् । सत्य र तथ्य कुरा पनि यहि हो । नेपाली जनताको नजरमा गणतन्त्रवादी कति लोकप्रिय र राजा कति अलोकप्रिय देखिन्छन् यो कुरा नेपाली जनताले आफ्नो विवेकले बुझ्ने कुरा हो । २०६२÷२०६३ भन्दा अगाडिको असहज अवस्था दल्बाट आएको अवस्था हो । राजा बाट होइन । राजा भनेका एकताका आधार हुन् । य ी आधारमा निशाना साधियो जस अनुरुप देश लथालिङ्ग भयो । नेपाली जनता आफ्ना मौलिकता भन्दा बाहिरको मार्गमा निर्देशित भए ।
गणतन्त्र संघियता धर्म निरपेक्षको जालोभित्र पसे मौलिकता र नैतिकता विलय हुन पुग्यो । स्वामी वेवेकानन्दले स्पष्ट भनेका थिए।” जब हाम्रो समाजको एउटा सदस्य धर्मान्तरित हुन्छ तब समाजको एक संख्या कम मात्र हुदैन किन्तु समाजमा एक शत्रु पनि बढ्छ।” धार्मिक स्वतन्त्रताको नाममा धर्म परिवर्तन गराउने रणनीति निरपेक्ष को भएकाले यस्ता कुरामा कसैलाई चासो भएन।राज्यको कुनै धर्म नहुने भनेर परिभाषित गरियो जसले गर्दा धार्मिक सद्भाव पनि खण्डित भएको छ।नेपाल बहुधार्मिक बहुसंस्कृतिक मुलुक भएकाले सबै धर्म संस्कृतिको राजाबाट सम्मान र संरक्षण भएकै थियो । राजा श्रीरामले देखाएको मार्गमा अविचलित रहि सत्य मार्ग अनुसार चलेकाले राजा ज्ञानेन्द्र शाह नेपाली जनताका मन मुटुमा आज पनि बस्न सफल छन् ।
मर्यादा पुरुषोत्तम भगवान श्रीराम पछि राजगद्दी सहज तरीकाले त्याग गर्ने राजा केवल ज्ञानेन्द्र शाह हुन.् । समय फेरिएला मौसम फेरिएला तर इतिहास फेरिदैन। इतिहास उनकै महत्त्वपूर्ण हुन्छ जसले धर्मको मर्यादा राखे जसले धर्मको मर्यदा राखे उनलाई भगवानले साथ दिन्छन् । भगवान पशुपतिनाथको अनुकम्पा गोरख नाथको आशिर्वाद भगवान गौतम बुद्धको शान्ति महागुरु फाल्गुनान्दको दूरदृष्टि र नेपाली जनताको साथबाट बृद्ध राजा झनै लोकप्रिय बनेका छन् ।
Source: faraksandesh.com

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४