Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वास्थ्यमन्त्री भन्छन्ः बिरामीको उपचारमा कुनै कमी नहोस्


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २२ २०७६
  • 2.8K
    SHARES

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई निर्देशन दिएका छन् । शुक्रबार न्याम्सका पदाधिकारीलार्इ मन्त्रालयमा बोलाएर मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिनेक्रममा अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन निर्देशन दिएका हुन् ।
मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका निम्ति सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिँदै प्रोत्साहन भत्ता र बीमाको व्यवस्था भैसकेको बताए । उनले व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री ढकाले अहिले नेपालको हकमा कम्युनिटी ट्रान्समिसन नदेखिएको स्थितिमा कोरोना बाहेकका अन्य रोगका बिरामीले दुःख नपाउन भन्ने कुरामा राज्य संवेदनशिल रहेको पनि बताए । उनले बिरामीको उपचार पनि बढाउन र अन्य अस्पतालसँगको सहकार्यमा समेत बिरामीको उपचार गर्न गराउन निर्देशन दिए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देशन पालना गर्ने जानकारी गराउँदै बिरामीलाइ कुनै पनि किसिमको असुबिधा हुन नदिने बताए । न्याम्सका उपकुलपति डा देवनारायण शाहले मन्त्रालयको निर्देशन अनुसार कोरोनासहितका बिरामीको उपचारका निम्ति पूर्ण रूपमा तयार रहेको बताए । वीर अस्पतालका कार्यकारी निर्देशक डा केदारप्रसाद सेञ्चुरीले वीर अस्पतालले गरिरहेको तयारीका बारेमा बताउँदै सोमबारबाट कोरोनाको नुमना परीक्षण समेत हुने जानकारी दिए ।
यस्तै राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा सन्तोष पौडेलले कोरोना उपचारमा विशेष सजकता अपनाउनु पर्ने भन्दै ट्रमा सेन्टरले अहिले पनि घाउचोटका बिरामीको उपचार गरिरहेको जानकारी गराए । उनले कोरोनाका बिरामीको उपचारमा विशेष सजकता अपनाउनुपर्ने भन्दै कोरोनाको नाममा अन्य बिरामीको उपचार नपाइ ज्यान जाने अवस्था आउन दिननहुनेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४