Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वभर कोरोना भाइरसका कारण ५३ हजार भन्दा बढीको मृत्यु, १० लाख संक्रमित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २१ २०७६
  • 6.6K
    SHARES

काठमाडौं । नोवेल कोरोना भाइरसको संक्रमण विश्वका १० लाख भन्दा बढी मानिसमा पुष्टि भएको छ ।
सुरुमा चीनको हुबेइ प्रान्तमा सीमित रहेको कोरोना भाइरसका कारण हुने कोभिड–१९ को महामारी अहिले विश्वव्यापी छ । युरोप तथा अमेरिकामा अहिले कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको छ ।
गएको डिसेम्बरमा पहिलोपटक पहिचान भएको कोरोना भाइरसको संक्रमण साढे तीन महिनाभित्र विश्वभर १० लाख भन्दा बढी मानिसमा पुष्टि भएको हो । अहिलेसम्म विश्वभर १० लाख १४ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । अहिलेसम्म विश्वभर ५३ हजार १५८ जनाको विश्वभर कोरोना भाइरसका कारण भएको कोभिड–१९ बाट बिदा भएका छन् । अहिलेसम्म दुई लाख १२ हजार ०१८ जनामा भने संक्रमण निको भएको छ ।
पछिल्लो केही हप्तादेखि अमेरिकामा भाइरसको संक्रमण अति तीव्र गतिमा बिस्तार भइरहेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ९६० जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या ६ हजार ६२ पुगेको छ । संक्रमितको संख्या अमेरिकामा दुई लाख ४४ हजार ३२० पुगेको छ, यसमा पछिल्लो २४ घण्टामा २९ हजार ३१७ जना थपिएका हुन् ।
यस्तै स्पेनमा मृत्यु हुनेको संख्या ९६१ ले थपिएर १० हजार नाघेको छ । स्पेनमा कुल मृत्यु हुनेको संख्या १० हजार ३४८ पुगेको छ । स्पेनमा कुल संक्रमित हुनेको संख्या एक लाख १२ हजार ६५ रहेको छ, यसमा पछिल्लो २४ घघण्टामा सात हजार ९४७ संक्रमित थपिएका हुन् ।
इटालीमा नयाँ संक्रमितको संख्या केही कम भएको छ । पछिल्लो २४ घण्टामा चार हजार ६६८ संक्रमित थपिएपछि इटालीमा कुल संक्रमितको संख्या एक लाख १५ हजार २४२ पुगेको छ । थप ७६० जनाको मृत्यु भएपछि इटालीमा कुल ज्यान गुमाउनेको संख्या १३ हजार ९१५ पुगको छ ।
केही दिनदेखि संक्रमित नदेखिएको चीनमा पछिल्लो २४ घण्टामा ३५ जना संक्रमित भएका छन् र थप ६ जनाको मृत्यु भएको छ । चीनमा अहिलेसम्म कुल संक्रमितको संख्या ८१ हजार ५८९ तथा मृत्यु हुनेको संख्या ३३ सय १८ रहेको छ ।
जर्मनीमा कुल संक्रमित ८४ हजार ७९४ तथा मृत्यु हुनेको संख्या ११ सय सात पुगेको छ । यसैगरी फ्रान्समा संक्रमित ५९ हजार १०५, मृत्यु हुने पााच हजार ३८७ पुगेका छन् । यस्तै इरानमा संक्रमितको संख्या ५० हजार ४६८ तथा मृत्यु हुनेको संख्या ३१ सय ६० र बेलायतमा संक्रमितको संख्या ३३ हजार ७१८ तथा मृत्यु हुनेको संख्या २९ सय २१ पुगेको छ । (एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४