काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिएम पदार्थको मुल्य घटाएको छ । प्रेट्रोलको मूल्य १० रूपैयाँ घटाएर प्रतिलिटर ९६ रूपैयाँ कायम गरेको छ । यसअघि १०६ रुपैयाँ प्रतिलिटरमा पेट्रोल बिक्री हुँदै आइरहेको थियो ।
त्यसैगरी डिजेल र मट्टितेलको खुद्रा मूल्य पनि १०÷१० रूपैयाँ घटाइएको छ । डिजेल र मट्टितेलको मूल्य ८५ रूपैयाँ कायम भएको छ। यसअघि पनि पेट्रोल, डिजेल र मट्टितेलमा २ रूपैयाँका दरले मूल्य घटाइएको थियो।