Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोभिड–१९ पुष्टि भएकी युवतीका गाउँलेले भने–नानीको स्वास्थ्य ख्याल गर्नू, हामीलाई ठीकै छ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १७ २०७६
  • 3.5K
    SHARES

बागलुङ । कोभिड–१९ पुष्टि भएकी बागलुङकी युवतीको घरमा आइतबार बिहान परिवारका सबै सदस्य व्यस्त थिए । युवतीकी फुपू बाहिर ड्रमबाट पानी झिक्दै थिइन् । हजुरबा, हजुरआमा, बाबा र फुपूका छोराछोरी घरभित्रै थिए । छिमेकी आआफ्ना काममा व्यस्त थिए ।
कोही खेतमा काम गर्दै थिए त कोही छतमा घाम तापेर बस्दै थिए ।सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएजस्तो कुनै त्रास त्यहाँ थिएन । सबै आफ्नै धुनमा व्यस्त देखिन्थे ।
एकैछिनमा नगरपालिकाले पठाएको दमकल पुग्यो । युवतीमा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि छापा गाउँ बढी प्रभावित भन्दै दमकल कीटनाशक औषधि भरेर त्यहाँ पुगेको थियो । दमकल पुग्दा सबैले ‘पहिला प्रभावित घरलाई सुरक्षित बनाउनुपर्छ’ भन्दै त्यहाँ पुगेका स्वास्थ्यकर्मी दिनेश जिसीलाई सल्लाह दिए । जिसी बागलुङ नगरपालिकाका हेल्थ असिस्टेन्ट तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम टिमका ’फोकल पर्सन’ पनि थिए ।
आफ्ना तीन सहकर्मीसहित त्यहाँ पुगेका स्वास्थ्यकर्मी जिसीले छिमेकीको सल्लाह माने । फुपूलाई भित्र बस्न भने र चोकमा दमकल राखेर संक्रमित युवती बसेको घरसहित वरपर कीटनाशक औषधि छर्किन लगाए । छिमेकी घरको छतमा बसेर दमकलबाट निस्केको ‘डिस्इन्फेक्सन स्प्रे’ को फोहरा रमाइलो मानेर हेरिरहेका थिए । एकैछिनमा जिसीले माइकबाट छिमेकीसहित सबैैलाई भित्र बस्न अनुरोध गरे । उनले भन्दै थिए, ‘हामी तपाईँहरुको सुरक्षा लागि काम गरिरहेका छौँ ,हजुरहरु घरभित्रै वसेर सहयोग गर्नुहोस् ।’
दमकलले संक्रमितको घर मात्रै होइन, छापा गाउँभरी तीन हजार लिटर ‘डिस्इन्फेक्सन स्प्रे’ क्षणभरमा छर्केर सक्यो । स्थानीय अगुवा सोकेन्द्र थापा, जगन्नाथ सापकोटालगायतले त्यसको अगुवाइ गरे । प्रहरी बिटका प्रमुख कमल बस्याल पनि दमकल टोलीलाई सहयोग गर्न साथमै थिए ।
दमकमलले स्प्रे सकेपछि सेल्फ क्वारेन्टाइनमा रहेर दूरी कायम गर्दै जम्मा भएका स्थानीय बासिन्दाले एकै स्वरमा भने, ‘पहिला त नानीको स्वास्थ्य राम्रो होस्, हाम्रो यही कामना छ ।’ उनीहरुले थप्दै गए, ‘त्यसपछि परिवार सुरक्षित हुनुपर्‍यो । हामी त आफै पनि ध्यान दिइरहेका छौँ ।’
उनीहरुमा त्रासभन्दा पनि बढी युवती र उनका परिवारलाई केही भइहाल्छ कि भन्नेमा बढी चिन्ता थियो । युवतीका परिवार सबै सामान्य अवस्थामा नै थिए, न रुघाखोकी लागेको थियो, न त श्वासप्रश्वासमा कुनै समस्या नै । अहिलेसम्म परिवारका कुनै पनि सदस्यलाई ज्वरो पनि नआएको युवतीकी फुपूले बताइन् । (रासस)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४