लक डाउनको कारण तीन महिनाको ब्याज पूरै मिनाह गर्न काङ्ग्रेस सभापति देउवाको माग :- जन न्युज नेपाल खबर डट कम !
नेत्र बहादुर कार्की ।
आइतबार , १६चैत्र
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न लागु गरिएको लक डाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर तत्काल आवश्यक निर्णय लिन सरकारको पुनः ध्यानाकर्षण गराएको छ ।
उनले रु २० लाखसम्मको ऋण लिएका साना व्यवसायीलाई लक डाउनको असर र व्यवसाय तङ्ग्रिने अनुमानित अवधिसमेत ख्याल गर्दै कम्तीमा तीन महिनाको ब्याज पूरै मिनाहा गर्न र त्यसपछिको निश्चित अवधिका लागि ब्याजदर घटाउन माग गरेको छ ।
साथै ठूला व्यवसायीका हकमा ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधि तीन महिनापछि सार्ने प्रबन्ध मिलाउन समेत उनले सरकारसमक्ष अपिल गरेको छन ।
सभापति देउवाले साप्ताहिकपछि दैनिक पत्रपत्रिका बन्द हुने स्थितिमा पुगेको उल्लेख गर्दै सबैखाले सञ्चारमाध्यम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारलाई राहतको योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छन ।
उनले आज एक विज्ञप्तिमार्फत उक्त विषयमा सरकारसमक्ष कुरा गरिसकेको उल्लेख गर्दै सार्वजनिक अपिल साथ माग राखी पुनः सरकारको ध्यानाकर्षण गरेको बताएको छन ।
सभापति देउवाले दिनभर काम गरेर साँझ खाने निम्न बर्गिय किसान मजदुर वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुर्याएको उल्लेख गर्दै दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरी तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गरेको जानकारी गराएका छन ।
उनले न्यून आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा राजधानीलगायत शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई राहत पुग्ने गरी योजना र कार्यक्रम तत्काल निर्माण गर्न सरकारसँग माग गरेको छन ।
विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन र जुध्न सहज होस् भनेर नेपाल सरकारले लक डाउन घोषणा गर्नु स्वाभाविक भएको र छिटपुट घटनाबाहेक यसलाई अधिकतम पालना गरेकामा उहाँले सबैलाई धन्यवाद दिएको छन ।
ठूलो जोखिमबाट जोगिन वर्तमान कष्ट उठाउनु सबैको कर्तव्य भएको र घरमै बसेर सुरक्षित रहन तथा लक डाउनलाई इमानदारीसाथ पालना गर्न सभापति देउवाले सबैलाई अनुरोध गरेको छन ।
यसैगरी लक डाउनका कारण प्रायः सबै व्यवसाय बन्द स्थितिमा रहेको बेला खुद्रा व्यापारीदेखि ठूला व्यवसायीसम्मलाई असर पुगेको उल्लेख गर्दै उनले यसले राष्ट्रलाई दूरगामी असर पुग्ने भनी चिन्ता व्यक्त गरेको छन ।
उनले विश्व स्वास्थ्य सङ्गठनले सचेत हौं । भनेर अपिल गरेको महिनादिन पुगिसक्दा पनि स्वास्थ्यकर्मीले अझै पर्याप्त व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) नपाएको विषय भएको उल्लेख गर्दै सरकारलाई यथाशीघ्र पिपिई, परीक्षण किट, आइसोलेशन वार्ड र भेन्टिलेटरको पर्याप्त प्रबन्ध गर्न अपिल गरेको पनि जानकारी गराउनु भएको छ ।
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित “Jananewsnepalkhabar.com”मा सम्पुर्ण नेपाली मनहरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। भने त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। कुनैपनि जातजाति,धर्म,समूदाय,वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाणको आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद !
प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक /
१, नेत्र बहादुर कार्की।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ।
३,सम्पादक:-कुमार अधिकारी ।
४,सह-सम्पादक:-रोशन ज्ञावली।
५,ब्यबस्थापक:-रामकुमार पौडेल ।
६,सह-ब्यबस्थापक:- गोबिन्द गौतम ।
७,सम्बाददाता :- अर्जुन कार्की।
८,सम्बाददाता :- नमुना दाहाल कार्की।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
पत्रिका दर्ता न ३४५/०७५/०७६
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२