Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना भाइरसः इटालीमा मृत्यु हुनेको संख्या १० हजार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १६ २०७६
  • 2.4K
    SHARES

एजेन्सी । कोरोना भाइरसको विश्वव्यापी महामारीले सबैभन्दा बढी प्रभावित भएको इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ ।
कोरोना भाइरसको संक्रमण अहिले विश्वका अधिकांश देशमा फैलिएको छ । यसमध्ये इटाली कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश हो । यहाँ धेरैको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा थप ८८९ जनाको मृत्यु भएपछि इटालीमा मृत्यु हुनेको कुल आँकडा १० हजार भन्दा माथि गएको हो । अहिलेसम्म कुल १० हजार २३ जनाको इटालीमा कोभिड–१९ का कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा अधिकांश उत्तरी क्षेत्र लोम्बार्दीका छन् । लोम्बार्दीसहितका इटालीको उत्तरी क्षेत्रमा संक्रमण भयावह रुपमा फैलिएको छ । यस्तै देशको दक्षिणी क्षेत्रमा पनि यो बिस्तार हुने क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
इटालीमा संक्रमितको संख्या अमेरिकामा भन्दा कम छ । अहिलेसम्म इटालीमा ९२ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अमेरिकामा संक्रमितको संख्या एक लाख २३ हजार भन्दा बढी पुगेको छ र मृत्यु हुनेको संख्या २२ सय भन्दा बढी छ ।
भाइरसको सुरुवात भएको चीनमा कुल संक्रमितको संख्या ८१ हजार ४३९ तथा मृत्यु हुनेको संख्या ३३ सय पुगेको छ ।
युरोपको स्पेनमा पनि संक्रमणले डरलाग्दो रुप लिएको छ । संक्रमित तथा मृत्यु हुनेको संख्या तीव्र रुपमा बढी रहेको छ । स्पेनमा पाँच हजार ९८२ जनाको ज्यान गइसकेको छ भने कुल संक्रमितको संख्या ७३ हजार २३५ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४