Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना कहरः अमेरिकाले नेपाललाई १८ लाख डलर सहयोग गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १५ २०७६
  • 2.8K
    SHARES

एजेन्सी ।कोरोनाभाइरसको महामारीसँग लड्नका लागि अमेरिकाले नेपाललाई १८ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । अमेरिकाले शुक्रबार ६४ देशलाई १७।४ करोड डलर सहयोग गर्ने घोषणा गरेको थियो । जसमा नेपालले पनि सहयोग पाउन लागेको हो । गत फेब्रुअरीमा अमेरिकाले १० करोड डलर सहयोगको घोषणा गरेको थियो । नयाँ सहयोग रकम महामारीको जोखिमममा रहेका विश्वका ६४ राष्ट्रका लागि घोषणा गरिएको हो ।
युनाइटेड स्टेट एजेन्सी फर इन्टरनेसनल डेभलप्मेन्ट (यूएसएआइडी)का सहायक प्रशासक बोनी ग्लीकले पत्रकारसँगको साक्षात्कारमा भने, ‘अमेरिका दशकौँदेखि जनस्वास्थ्यको मामिलामा सबैभन्दा अग्रणी द्विपक्षीय सहयोगी रहँदै आएको छ । अमेरिकाले रोगको जोखिममा रहेका मानिसहरुको रक्षा गर्नुका साथै उनीहरुको ज्यान जोगाएको छ ।’
अमेरिकाले सम्भावित महामारीको पहिचान गर्न र त्यससँग लड्न तयारी गर्न दक्षिण एसियामा १० लाख डलर सहयोग पनि गर्नेछ । नेपालसँगै अमेरिकाले भारतलाई २९ लाख डलर, बंगलादेशलाई ३४ लाख डलर, श्रीलंकालाई १३ लाख डलर र अफगानिस्तानलाई ५० लाख डलर सहयोग गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४