Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती डिस्चार्ज भएकी छैनन्ः अस्पताल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १५ २०७६
  • 4.2K
    SHARES

काठमाडौँ । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा भइरहेको छ ।
उपचाररत ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएपछि अस्पतालले युवती अस्पतालमै रहेको र उनको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जनाएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सङ्क्रमित युवती अस्पतालमै उपचाररत रहेको जानकारी दिए । उनले कोभिड–१९ सङ्क्रमित तीनै जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
फ्रान्सबाट आएको कोभिड–१९ सङ्क्रमित युवतीको परिवारका सदस्यको कोभिड परीक्षणको नजिता नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
फ्रान्सबाट गत चैत ४ गते कतारको दोहा हुँदै काठमाडौँ आएको युवतीमा कोभिडको सङ्क्रमण देखिएपछि आइसोलेसनमा राखेर उपचार भइरहेको हो ।
नेपालमा हालसम्म चार जनामा कोभिडको सङ्क्रमण देखिए पनि एक जना उपचारपछि घर फर्किसकेका छन् । (रासस)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४