काठमाडौँ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले मंगलबारदेखि देशभर ‘लकडाउन’ गरेको छ। काठमाडौँ उपत्यका सुनसानजस्तै छ, सडक रित्ता छन् । छिटफुट मोटरसाइकल कुदेपनि प्रहरीले निगरानी उच्च बनाएको छ ।
सडकमा देखिएका छिटफुट पैदल यात्रीलाई पनि प्रहरीले सम्झाएर घर पठाउने गरेको छ । सरकारी कार्यालयदेखि निजि क्षेत्र सबै ठप्प छन् । तरकारी बजारदेखि पान पसल, चिया पसल पनि अधिकांश बन्द छन् ।
नेपालमा हालसम्म दुई जनामा कोरोना संक्रमण देखिएकामा एक जना निको भइसकेका छन् ।
सरकारले कोरोना भाइरस रोक्नका लागि आइतबारदेखि नेपाल आउने सम्पुर्ण अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ। सोमबारदेखि देशभित्रका सबै लामो दूरीका सवारी साधन बन्द गरिएको थियो। नेपालका चौतर्फी नाका पनि बन्द गरिएका छन् ।