Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा कोरोनाको सुनामी आउँदैछ, लड्न तयार भएर बस्‍नुः विशेषज्ञ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ९ २०७६
  • 4.3K
    SHARES

एजेन्सी । स्वास्थ्य विशेषज्ञहरुले भारतमा कोरोना भाइरसको सुनामी (आँधी) आउने निश्चितजस्तै रहेकाले यसविरुद्ध लड्ने तयारी पूरा गर्न सरकारलाई सुझाएका छन्। भारतको सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा. रामानन लक्ष्मीनारायणले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘भारत कोरोना भाइरसको सुनामीसँग लड्न तयार भएर बस्नुपर्छ, यसमा कुनै सन्देह छैन कि भारतमा कोरोना संक्रमण अझै द्रुत गतिमा बढ्नेछ।’ डा. रामानननले विश्वका अन्य मुलुकको तुलनामा भारतमा कोरोना संक्रमणको असर कम हुने कुनै संकेत नमिलेको समेत उल्लेख गरेका छन्। उनले भनेका छन्, बाँकी देशको तुलनामा यहाँ केही कम संक्रमण र क्षति देखिएको छ, तर स्पेन र चीनजस्ता मुलुकमा जसरी ठूलो संख्यामा मानिसहरु संक्रमणको चपेटामा आए, यहाँ त्यस्तै हालत बन्ने जोखिम छ, हामीले कोरोनाको सुनामीसँग जुध्न तयार भएर बस्नैपर्छ।ु सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा। रामानन लक्ष्मीनारायण ।
भारतमा किन कोरोना संक्रमितको संख्या नियन्त्रणमै छ भन्ने प्रश्नमा पनि डा. रामानन भन्छन्‌, ‘भारतमात्रै नभई विश्वमै मानिसहरुलाई कोरोना संक्रमण भए÷नभएको एकीन गर्न निकै कम संख्यामा परीक्षण भइरहेको छ, यदी हामीले धेरैभन्दा धेरै मानिसहरुमा परीक्षण गर्थ्यौं भने अहिलेसम्म कोरोनाका धेरै मामिला भेटिसक्थ्यौं।
अत्याधिक जनघनत्वका कारण चीनमा जस्तै भारतमा पनि सजिलैसँग कोरोना संक्रमण निकै छिटो फैलने उनले बताए। कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म पाँचजनाको ज्यान गइसकेको छ भने ३३२ जना संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ थप ८३ जनामा कोरोना संक्रमण भेटिएको छ। झण्डै १ अर्ब ३८ करोड जनसंख्या रहेको र स्वास्थ्य सजगतामा निकै कमजोर मानिने भारतमा सरकारी तयारीले मात्रै संक्रमण रोकथाम हुने सम्भावना छैन।
विकसित मानिने देशहरुमा समेत कोरोनाका कारण सैयौं व्यक्तिहरुले ज्यान गुमाइसकेका छन्। विश्वभर कोरोनाको फैलावटलाई विश्लेषण गर्दा अब भारत नै कोरोना भाइरसको ठूलो शिकार हुने विशेषज्ञहरुले बताइरहेका छन्। चीनको उहानमा पहिलोपटक देखिएको कोरोना संक्रमण अहिलेसम्म विश्वका १९५ मध्ये १६८ देशमा फैलिइसकेको छ। यसबाट संक्रमितहरुको संख्या ३ लाख ६ हजार ९ सय ३९ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४