काठमाडौं । विश्वभरी छाइरहेको कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले उच्च सतर्कता अपनाएको छ । पढाई तथा जागिरका लागि काठमाडौंमा रहेका मानिसहरु गाँउ फर्कन थालिसकेका छन् ।
यसैबीच, काठमाडौंको कलंकीका एक मनकारी घरधनीले ३ महिनासम्मको घरभाडा नलिने घोषणा गरेका छन् । ती घरधनी हुन् हरिहर लामिछाने । शायर यस्तो मनकारी घरबेटी कहिँ पनि पाइँदैन होला ? सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत लामिछानेले आफ्नो घरमा बस्नेहरुलाई चैतदेखि ३ महिनासम्मको भाडा नलिने घोषणा गरेका हुन् । आफूले प्रचारबाजीको लागि मात्र नभई दुःखको बेला मानवीय सेवाको भावले यस्तो निर्णय लिएको बताए । घरभाडा नलिने घोषणा गरेपछि हरिहर लामिछानेको चौतर्फी प्रशंसा भइरहेको छ । यस्तै घरबेटी अरु पनि भइदिए बाहिरबाट आउने र विभिन्न पेशामा लाग्नेहरुलाई राहत मिल्थ्यो कि ?