Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना आशंकित नेपाली बिरामी नेपालमै घुमेको घुम्यै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ७ २०७६
  • 2.9K
    SHARES

काठमाडौं । नवलपरासीमा कोरोना आशंका गरिएका एक बिरामी उपचार नपाएर अलपत्र परेका छन् ।
चारदिनदेखि सुख्खा खोकी र ज्वरोले च्यापेका रमेश चौधरी (नाम परिवर्तन) लाई नवलपरासीदेखि काठमाडौंसम्मका अस्पतालले भर्ना लिन नमानेपछि अलपत्र परेका हुन् । अहिले बुटवलको अस्पतालमा जबरजस्ती राखिएको भए पनि चिकित्सक नजिकै पर्न डराएको बताइएको छ ।
रामग्राम नगरपालिका– १६ निवासी चौधरीलाई अस्पतालले उपचार नै गर्न नमानेको वडाध्यक्ष भगवान् थारूले बताए ।
भगवान्‌का अनुसार कोरोना संक्रमणका आशंका गरिएका बिरामी ट्रक चालक हुन् । बुटवल, चितवन र काठमाडौंसम्म ट्रक चलाउने उनलाई सुरुमा रुघा, त्यसपछि खोकी आएको र ज्वरोको मात्रा बढ्दै गएपछि परिवारले अस्पतालको खोजी गरेका थिए ।
रमेशलाई सुरुमा नवलपरासीकै अस्पतालमा पुर्‍याएको थियो । त्यहाँको अस्पतालले भर्ना लिन नमानेपछि परिवारले बुटवल पुर्‍याएको थियो । त्यहाँ पनि अस्पतालले भर्ना लिन मानेन । बरु चितवन लैजान भन्यो ।
चितवनको अस्पतालले पनि उही जवाफ दिएपछि काठमाडौं कलंकीको अस्पतालमा ल्याइएको वडाध्यक्ष भगवान् बताउँछन् ।
कलंकीको अस्पतालले बिरामीको लक्षण कोभिड–१९ सँग मिल्दोजुल्दो भएकाले टेकु लगेर परीक्षण गर्न सुझाव दिएको थियो । परिवारसँग खर्चको अभाव भएकाले फर्काएर घरै लगेर स्थानीय अस्पतालसँग अनुरोध गरेको भगवान् बताउँछन् ।
“कुनै अस्पतालले भर्ना लिन नमानेपछि हामीले बुटवल पठाएका छौैं । त्यहाँ पनि उपचार राम्रो नपाएको परिवारले बताइरहेको छ । परिवारको अवस्था दयनीय भएकाले स्थानीयले सहयोग उठाइरहेका पनि छन् । तर, उपचार पाउन सकेका छैनन् । अस्पताल पुगिसकेको बिरामीलाई चिकित्सकले बेवास्ता गर्नु लापरबाही हो,” भगवान्‌को भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४