Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एनसेलको युवालक्षित ‘सही यो ! पावर सिम’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ६ २०७६
  • 5.4K
    SHARES

काठमाडौँ । नेपाली युवाले अब उनीहरूकै लागि विषेश रूपमा तयार गरिएको एनसेलको नयाँ सिम योजनाबाट फाइदा लिन सक्नेछन् ।
एनसेल प्राईभेट लिमिटेडले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो १ पावर सिम’ ल्याएको घोषणा गरेको छ । यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवाहरू लिन सक्नेछन् ।
पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो निःशुल्क सुचारु गर्न सकिने र प्रत्येक १०० रुपैयाँ मेन ब्यालेन्सको खर्चमा डेटा बोनस पाउने यो सिमका विषेशता हुन् ।
यसबाहेक ग्राहकले बोनसका रूपमा गेमिङ र म्युजिकको मजा लिन पाईने आकर्षक डेटा प्याकहरुबाट फाइदा लिन सक्नेछन् ।
ग्राहकहरूले करसहित मात्र रु। ९९ मा बिहीबार ९चैत्र ६० बाट यो सिम लिन सक्नेछन् । यो सिम लिनका लागि नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ ।
यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको ५०० एमबी डेटा ९२५० एमबी फोरजी सहित०, १० मिनेट अन नेट टक टाइम र १०० वटा अन नेट एसएमएस पाउनेछन् ।
सिमसँगै बन्डल भई आउने पीआरबीटी ९सेवा र स्वतः आउने टोन० स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो सेवाहरू सिम सुचारु भएको मितिबाट ३० दिनका लागि मान्य हुनेछन् ।
यस नयाँ स्टार्टर प्याक योजनामा ग्राहकले सिम सुचारु गरेको दिनको मध्यरातभित्रै रु. १०० वा सोभन्दा माथिको ब्यालेन्स रिचार्ज गरेको खण्डमा ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा बोनस र माईफाइभ सेवा १२ महिनासम्मका लागि पाउनेछन् । प्रत्येक दिन पाइने १५० एमबी डेटाको समयावधि सोही दिनको मध्यरातसम्म हुनेछ ।
माईफाइभ सेवाअन्तर्गत पहिलो एक महिनाका लागि पाँच माईफाइभ नम्बरहरूमा बिना कुनै शुल्क कुरा गर्न सकिनेछ भने बाँकी ११ महिना ती नम्बरहरूमा मात्र ९९ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको लाभ लिन सकिनेछ ।
यसका साथै यो योजनाअन्तर्गत ग्राहकले प्रत्येक रु. १०० को खर्चमा ५०० एमबी २५० एमबी अलटाइम र २५० एमबी फोरजी बोनस डेटा १२ महिना सम्म प्राप्त गर्नेछन् ।
‘सही यो १ पावर सिम’ प्रयोग गर्ने ग्राहकका लागि आकर्षक डेटा प्याक पनि छन् । ग्राहकले एस्ट्रिक्स१७१०३ह्यास डायल गरी गेमिङ प्याक र म्युजिक प्याक खरिद गर्न सक्नेछन् ।
ग्राहकले करबाहेक रु. ११० मा गेमिङ प्याक सुचारु गर्न सक्नेछन्, जसअन्तर्गत सात दिन समयावधि रहेको २ जीबी प्राप्त गर्नेछन् । यसका साथै सात दिनसम्म डिजिटल सर्भिस् (प्लेलाइभ, गेम्सपार्क र गेम्स प्लस) निःशुल्क सुचारु गर्न सक्नेछन् ।
त्यस्तै, ग्राहकले कर बाहेकमात्र रु. १०५ मा म्युजिक प्याक सुचारु गर्न सक्नेछन् । म्युजिक प्याकअन्तर्गत ग्राहकले सात दिन समयावधिको २ जीबी डेटा प्राप्त गर्नेछन् । यसका साथै सात दिनसम्म डिजिटल सर्भिस (हङ्गामा म्युजिक प्रो र दामी म्युजिक) निःशुल्क सुचारु गर्न सक्नेछन् ।
युवा पुस्ताका लागि विशेष र विभिन्न सेवाहरुको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ ल्याउन पाएकोमा एनसेल हर्षित छ । यो योजनाले आधुनिक युवावर्गको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्नुका साथै उनीहरूले बढी प्रयोग गर्ने सेवाहरूमा सहज र सरल पहुँच बनाउने विश्वास एनसेलको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४