काठमाडौं । सरकारले विश्वविद्यालयमा चैत महिनामा हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले चैतमा हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित भएको जानकारी दिएका हुन् ।
सरकारले एसईई तथा त्रिविका सबै परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ, बोर्ड बैठक बसेर औपचारिकता दिन बाँकी छ,’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले देशसञ्चारसँग भने।
बुधबार कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्वविद्यालयसहित बाल विकास केन्द्र,आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो।