काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले भिडभाड हुने ठाउँ बन्द गर्न थालेको छ । सरकारले सिनेमा हलदेखि नाइट क्लबसम्मलाई बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना नियन्त्रणका लागि सरकारद्धारा गठित कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले आगामी बैशाख १८ गतेसम्मका लागि सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई बन्द गर्ने निर्णय गरेको हो ।
समितिले अत्यावश्यक काम बाहेक आवतजावत र हिँडडुल नगर्न भन्दै साँस्कृति, सामाजिक लगायतका कार्यक्रम गर्न नपाइने निर्णय गरेको छ । पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मीकस्थलमा भेला हुनु जोखिमपूर्ण हुने भन्दै बैठकले यस्तो निर्णय गरेको हो ।