Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“डान्सिङ वीथ द स्टार नेपाल”रियालिटी शो को मुख्य प्रायोजकमा आइएमई


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ५ २०७६
  • 3.8K
    SHARES

काठमाडौं । बीबीसी स्टुडियोको फम्र्याटमा आधारित बिश्वचर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजनयही बैशाखपहिलो सातादेखि प्रसारण हुने भएको छ ।
बेलायत, अमेरिका, अष्ट्रेलिया, भारतलगायतका बिश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको बिश्वकै नम्बर एक डान्सिङ रियालिटी सोको फ्रेन्चाइजलिइहिमालय टेलिभिजनले उत्पादनतथा प्रसारण गर्न लागेको हो । हरेकशुक्रबार र शनिबार राति सुपर प्राइम टाइम ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ ।
बिश्वभर चलेको फम्र्याट अनुसार आइएमई डान्सिङ विथ द स्टारमा १२ जनाबिभिन्न क्षेत्रका स्टार प्रतियोगीहुनेछन भने उनीहरुलाई पेयरिङ गर्दै १२ जनाप्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिनेछन । कार्यक्रममा २ जनाहोस्ट र ३ जना निर्णायकहुनेछन ।
दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनकाआधारमा हरेक हप्ता १ जनाकार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन । बिजेताले कुल २५ लाख करसहितनगद र अन्य पुरस्कार प्राप्तगर्नेछन । यस कार्यक्रमको प्रमुखप्रायोजकको रुपमाआइएमई रभोटिङ्ग पार्टनरको रुपमाआईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घन गरिएको ‘आइएमई पे’आबद्घ भएका छन् । यसै सम्बन्धमाविशेष कार्यक्रममाहिमालय टेलिभिजन र आइएमइबीच साझेदार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात यस कार्यक्रमको नामआइएमई प्रेजेन्टस्“डान्सिङवीथ द स्टार नेपाल” रहने छ ।सम्झौताअनुसार डान्सिङ वीथ द स्टारको भोटिङ्ग राउन्डमा एपमार्फत गरिने सबै भोटिङ्ग ‘आइएमई पे’एपमार्फत हुनेछ ।
बेलायतबाट शुरु भएको डन्सिङ विथ द स्टार्स हाल करीब ६० देशमाबिस्तार भैसकेको छ भने अमेरिकामा २८ औ सिजनचलिसकेको छ । ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ र नेपालमापनि यस शो ले थपउचाई हासिलगर्ने आइएमईसँगै साझेदारी संस्थाहरुको विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४