Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यातायात मन्त्री नेम्बाङद्धारा ऐतिहासिक मानदेव पथको उद्घाटन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३ २०७६
  • 6.1K
    SHARES

काठमाण्डौ । लिच्छिविकालिन राजा मानदेवद्धारा निर्मित चाँगुनारायण मन्दिर जाने ऐतिहासिक मानदेव पथ सडकको भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले उद्घाटन गर्नु भएको छ । भक्तपुरको व्यासी, झौखेल, गेलालगाउँ हुँदै चाँगुनारायण मन्दिर जोड्ने पक्की सडकको आज रिबन काटेर उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले चाँगुनारायण मन्दिर क्षेत्र ऐतिहासिक रहेको बताउनु भयो । उहाँले भन्नु भयो “चाँगुनारायण ऐतिहासिक ठाउँ हो । पर्यटकिय रुपमा पनि यस क्षेत्रको ठूलो महत्व रहेको छ जहाँ नगरकोट छ ।”
उहाँले नगरकोट जाने बाटो चाँडै सम्पन्न हुनु पर्ने धारण राख्नु भयो । उहाँले भन्नु भयो “नगरकोट पर्यटनको एउटा प्रमुख केन्द्र हो । त्यसलाई हरियाली बनाउनु पर्छ । धुलो रहित कालोपत्रे बाटो बनाइनु पर्छ र पर्यटकका लागि सहज पहुँच मार्ग बनाइनु पर्छ तर केहि समस्या भएको छ । हामी लागि रहेका छौ ।”उहाँले त्यसलाई नीतिगत रुपमा चाँडै टुंग्याएर नगरकोट आउने पर्यटकहरुलाई सहज बनाइने उल्लेख गर्नु भयो ।
भक्तपुरको समग्र विकास गर्न वडा अध्यक्ष, पालिका प्रमुख, साँसद सबै जनप्रतिनिधिहरु अत्यन्तै सक्रियतापूर्वक लागेको जानकारी पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै । यसरी नै सबै जनप्रतिनिधिहरु लागे सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सार्नु भएको सपना र चालेको महाअभियान समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान पुरा हुन्छ भन्ने उदाहारण भक्तपुरले देखाएको उल्लेख गर्नु भयो ।
भक्तपुरदेखि काठमाण्डौ जोड्ने नाका कोटेश्वरको जामलाई अस्थायी रुपमा समाधान गर्न जडिबुटीदेखि कोटेश्वरसम्म चार लेनबाटो खोल्न ठेक्का लगाइएको उल्लेख गर्दै दिर्घकालिन समाधानका लागि तयारी गरिएको पनि बताउनु भयो ।“एयरपोर्टबाट अन्डरपास निकालेर जडीबुटी जोड्नुपर्छ, त्यसको प्रारम्भिक काम शुरु भएको छ, जाइकाले अध्ययन शुरु गरेको छ, तीन वर्षमा यो काम सक्ने लक्ष्य लिएका छौं ।”
मन्त्री नेम्बाङले विकासको अभियन्ता युवा नेता महेश बस्तेतलाई भक्तपुरले पाएको भन्दै उहाँले भक्तपुर विकासमा चाल्नु भएको कदमको प्रशंसा समेत गर्नु भयो ।
कार्यक्रममा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले चाँगुनारायण नगरपालिकामा कालोपत्र गर्ने अभियान शुरु भएको उल्लेख गर्दै आउँदो तीन वर्षमा चाँगुनारायण उत्कृष्ट शहर बन्ने दाबी गर्नु भयो । उहाँले भन्नु भयो “एक लाख रोपनी जग्गामा स्मार्ट सिटी यही बन्दैछ, चाँगुनारायण इञ्जिनियरिङ कलेज नगरपालिकाले चलाउदैछ, झौखेल चाँगुको ज्योर्ति्लिङ्गेश्वरमा रु नौ करोडको बजेटमा सडक कालोपत्र हुदैछ”,७०० रोपनीमा वीर अस्पताल बन्दैछ, रातो किताबमा भर्खरै २० सडकका योजना थप गरेका छौ ।”
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नगर प्रमुख सोमप्रसाद मिश्रले समेत धारण राख्नु भएको थियो ।
कार्यक्रममा ठेक्का सम्झौता मिति भन्दा अगावै निर्माण सम्पन्न गरेकोमो खरिढुंगा निर्माण कम्पनीका निर्देशक विरेन्द्र थापालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४