काठमाडौं । हिमेश पन्त रियालिटी सो कमेडी च्याम्पियनका विजेता बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् । उनले २५ लाख नगदका साथै कार पाएका छन् । अन्य आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।