Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केसीको राष्ट्रिय गीत ‘नेपाललाई माया गरौं’ बजारमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १ २०७६
  • 8.1K
    SHARES

रमेश कुमार बोहोरा
काठमाडौं । गीतकार शोभा केसीको राष्ट्रिय गीत ‘नेपाललाई माया गरौं’ सार्वजनिक भएको छ । शनिबार राजधानीको रातोपुल स्थित रकहाउस क्याफे एन्ड पार्र्टी प्यालेसमा एक समारोहको आयोजनाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।
विशिष्ट साहित्यकार भद्रा घलेको प्रमुख आतिथ्यतामा भएको गीत सार्वजनिक कार्यक्रममा गीतकार सङ्घका अध्यक्ष चुण्डामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खडका, निर्देशक तथा कलकार लय संग्रौला, मिलापका सम्पादक कृष्ण भुसाललगायतले गीत सार्वजनिक गरेका थिए ।
आनन्द कार्की र विमला राईको स्वर रहेको गीतको भिडियोलाई मन्जिल श्रेष्ठले निर्देशन गरेका छन् । गीतको भिडियोमा विभिन्न देश विदेशमा बस्ने वरिष्ठ कलाकारदेखि समाजमा योगदान पु¥याएका व्यक्तित्वहरुको अभिनय रहेको छ । स्रमाट थापाको सङ्गीत रहेको गीतमा श्याम रायमाझी र जयराम थापाको छायाँकन रहेको छ । गीतको भिडियोलाई विदेशका विभिन्न भाग र नेपालमा छायाँकन गरिएको छ ।
अतिथिहरुले राजनीतिले हामीलाई अलग थलग गर्न खोजे पनि यस्ता राष्ट्रिय गीतले हामी सबैलाई जोडने काम गर्ने भन्दै स्रष्टा शोभा केसीलाई बधाई तथा शुभकामना दिएका थिए । सो अवसरमा स्रष्टा शोभा केसी, साहित्यकार राधेश्याम लेकाली र गायक सीताराम पोखरेललाई मिलाप कभर हस्तान्तरण गरिएको थियो ।
चलचित्र पत्रकार सङ्घ उपाध्यक्ष गीता अधिकारीले सहजीकरण र मिलाप क्रियशनले आयोजना गरेको कार्यक्रममा स्रष्टा समाजका अध्यक्ष विधान आचार्य, वरिष्ठ कलाकार कृष्ण मल्ल, सर्मिला मल्ल, अनेसास नेपाल च्याप्टर उपाध्यक्ष गीता मैनाली, गायक आन्नद कार्की, सीताराम पोखरेल, गायिका विमला राई, कलाकार उत्तम केसी, चेत राजा सङ्गीतकार सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, नरहरि प्रेमी, हेम प्रभास, सरोज प्याकुरेल, राम सिटौला, गायिका देवीका वन्दना, विमला राई, मेलमिलाप अभियन्ता केशवप्रसाद चौलागाईं, साहित्यकार खेमनाथ दाहाल, दामोदर न्यौपाने, लेखनाथ पोखरेललगायत सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४