Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिटिजन्स बैंकको ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा ‘सिटिजन्स तलब बचत खाता’ सञ्चालन, ५ लाखसम्मको बिमा सुविधा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ३० २०७६
  • 4.6K
    SHARES

काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ २ नयाँ खाताको शुभारम्भ गरेको छ ।
रु ५,००० मा खाताखोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६.५० प्रतिशतको उच्च ब्याजदर प्रदान गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बिमाको लाभसमेत प्राप्त गर्न सक्ने जानकारी गराईन्छ । यो योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति रू ५० हजारको स्वास्थ्य बिमा (अस्पतालभर्ना खर्च) र रू ५ लाख सम्मको दुर्घटना मृत्यु बिमा गरिएको छ सो बराबरको दाबीभुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध हुनेछ ।
साथै, शून्यमा नै खाता खोल्न मिल्ने तथा दैनिक मौज्दातमा वार्षिक ६.५०प्रतिशत ब्याजदर प्रदान गरिने ‘सिटिजन्स तलब बचत खाता’ कर्मचारीहरूको तलब व्यवस्थापनको लागि अत्यन्तै फलदायीहुने विश्वास बैंकले लिएको छ । यो योजनामा संलग्न हुने सम्पूर्ण कर्मचारीको निम्ति रू २५ हजारको स्वास्थ्य बिमा (अस्पतालभर्ना खर्च) र रू ३ लाख सम्मको दुर्घटना मृत्यु बिमा गरिएको छ सो बराबरको दाबीभुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराईने छ ।
उत्कृष्ट सेवा प्रदान गर्ने हेतुले बैंकले यी दुबै योजना अन्तर्गत सहभागी भएका ग्राहकहरुका लागी विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ । यी दुबै योजनामा निःशुल्क भिसा डेविट कार्ड निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्मार्ट बैंकिङ्ग सुविधा (मोबाईल), अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्युर प्रविधिमा निःशुल्कदर्ता, लकरको वार्षिक शुल्कमा ५०प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, नेपाल भरीका जुन सुकै एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने जस्ता अनेकन आकर्षक सहुलियतहरु उपलब्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४