Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले चारवटा क्षेत्रमा विशेष प्याकेज घोषणा गर्नुपर्छः डा. शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ३० २०७६
  • 4.7K
    SHARES

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. शंकर शर्माले कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालको अर्थतन्त्रमा पनि ठूलो असर परेको सुनाउँदै नेपाल सरकारले महत्वपूर्ण क्षेत्रमा विशेष प्याकेजको घोषणा गर्नुपर्ने बताएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै डा. शर्माले कोरोनाका कारण विश्वव्यापी रुपमा पर्यटन व्यवसायमा सबैभन्दा ठूलो असर परेको र फरेन एक्सचेन्जपनि घटेको सुनाए । उनले भने,‘अहिले विश्व नै पर्ख र हेरको अवस्थामा छ, विश्वव्यापी रुपमा कोरोनाको प्रभाव परेको छ ।’ नेपाल सरकारले पूर्वाधारको क्षेत्रमा के? कति ? खर्च भैरहेको छ भन्ने कुरा बाहिर ल्याउनुपर्ने उनको भनाई छ । उनले भेन,‘सानातिना परियोजनाको बारेमा पहिचान गर्नुपर्छ । बाढी नियन्त्रणको लागि अहिलेदेखि नै बाँध बाँध्ने काम गर्नुपर्छ । ढुकुटीमा पैसा छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले काठमाडौंका मात्रै नभएर देशैभरिका खाल्डाखुल्डी प्राथमिकता साथ पुर्नुपर्ने पनि सुझाव दिए । उनले भने,‘काठमाडौंमा मात्रै होईन, देशभरिका जिल्ला सदरमुकाममा पनि प्राथमिकताका साथ काम गर्नुपर्छ । तराई मधेशमा ट्युवेलहरु बिग्रिएका छन् । मर्मतसम्भारका कामहरु यही बेलामा द्रुत गतिमा गर्नुपर्छ ।’ विद्यालय भवनहरु सरकारी फण्डमा राम्रो बनाउनुपर्ने र छानाबिहीनलाई छाना हाल्नुपर्ने पनि उनले सुझाए ।
शर्माले थपे,‘नगरपालिकाले मार्केट सेन्टर बनाउने कुरा गरेको छ, तरकारी र हाटबजार चाँडै बनाउनुपर्छ । यसले रोजगारी सिर्जना मद्दत गर्छ ।’ उनले निजी क्षेत्रलाई पनि सरकारले विशेष प्याकेज घोषणा गर्नुपर्ने बताए । उनले भने,‘अब र मेटरियल्सहरु भारत, बंगलादेश, मलेसेयिा, ईण्डोनेसियाबाट पनि ल्याउन सकिन्छ, यस्तो अवस्थामा सरकारले उनीहरुलाई भन्सारमा सुविधा दिनुपर्छ । वर्किङ क्यापिटल बढाउनुपर्छ ।’
त्यस्तै, विदेशी लगानी भित्र्याउनको लागि पनि सुविधा प्रदान गर्नुपर्ने उनको धारणा छ । शर्माले थपे,‘एक मिलियन डलरसम्म ईन्भेष्टमेन्ट भित्र्याउनको लागि सम्पत्ति शुद्धिकरणमा फाष्ट ट्रयाकको व्यवस्था गर्नुपर्छ । नेपालको सम्पत्ति शुद्धिकरण अलिक लामो छ । यो प्रोसेस केही सहज बनाउनुपर्छजस्तो मलाई लाग्छ ।’ शर्माले बिजनेस कम्युनिटीको लागि पनि ऋणमा रिस्केच्युलिङको व्यवस्था गर्नुपर्ने बताए ।
उनले भने,‘उनीहरुको लागि ६–७ महिनाको लागि राहत दिन सकिन्छ ।’ अमेरिकी डलरको भाउ बढेकोले नेपालले ईम्पोर्ट गर्ने सामानमा रिभाईज्ड गर्नुपर्ने पनि उनले तर्क गरे । उनले भने,‘हामीले पनि केही समयको लागि ईम्पोर्टमा नन टारिफ ब्यारिअर लागु गर्नुपर्छ ।’ उनले भैरहवामा रहेको सेजमा अहिलेसम्म ४ वटा औद्योगिक केन्द्र स्थापना भएको सुनाउँदै यो बीचमा थप निर्माण गर्न सकिने पनि सुझाए ।
सरकारले गरिब जनतालाई रोजगारी दिनेगरि अहिले रहेको २ अर्बको रकमलाई बढाएर चार अर्ब पुर्याउनुपर्ने उनको सुझाव छ । उनले भने,‘रोजगार कोषमा चार अर्बको कोष बनाएर तत्काल रिक्रुटमेन्ट गर्दै यो सम्बन्धी काम गर्नुपर्छ । हाम्रो त अहिले ७५३ वटा सरकार छ ।’ त्यस्तै, शर्माले विश्वव्यापी रुपमा एयरलाईन्समा सय बिलियन अमेरिकी डलरको नोक्शानी भैसकेकोले नेपालमा पनि ल्याण्डिङ र पार्किङ चार्जमा पन िसुविधा दिनुपर्ने धारणा राखे ।
त्यस्तै, उनले प्रधानमन्त्री अथवा अर्थमन्त्रालयको मातहतमा एक÷एक महिनामा अर्थतन्त्रको बारेमा समिक्षा गर्न बैठक बस्नुपर्ने र यसको लागि छुट्टै युनिट गठन गर्नुपर्ने पनि धारणा राखे । उनले अमेरिकी सहयोग एमसीसी सम्झौता पारित गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४