काठमाडौं । यदी तपाईलाई रुघाखोकी र ज्वरोसँगै छाती दुखेको छ भने या तपाईंलाई त्यस्तो अवस्था देखिन थाल्यो भने कोरोना भाइरसको सङ्क्रमण भएको पनि हुनसक्छ । कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमणको शङ्का लगेमा तपाईले अब तुरुन्त १११५ नम्बरमा फोन गर्न सक्नुहुन्छ । १११५ मा टेलिफोन गरेपछि तपाईले परामर्श समेत लिन सक्नुहुन्छ । त्यस्तै, टोल फ्रि नम्बर १६६००१९७००० समेत फोन गरेर यो सङ्क्रमणबारे परार्मश लिन सकिन्छ ।
शुक्रबारदेखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गन इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले परामर्शका लागि टेलिफोन नम्बरको व्यवस्था गरेको हो । कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणबारे जानकारी दिनका लागि शुक्रबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले जनाएको छ ।