Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलायतकी स्वास्थ्य मन्त्री कोरोना भाइरसद्वारा संक्रमित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २८ २०७६
  • 3.2K
    SHARES

काठमाडौं । बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
डोरिस कोरोना भाइरसद्वारा संक्रमित हुने पहिलो सांसद हुन् । आफूलाई कोरोना लागेको थाहा पाएपछि परामर्शपछि पाएको सबै सावधानी अपनाएको र आफूलाई घरभित्र सेल्फ आइसोलेशनमा राखेको उनले जानकारी दिइन् ।
बेलायतमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो पटक ८० वर्षका एक वृद्धको मृत्यु भएको थियो । उनको स्वास्थ्यमा यसअघि पनि विभिन्न समस्या देखिएका थिए ।
साथै एनएचएस इङ्गल्याण्डले संक्रमितको संख्या वृद्धि भइरहेको अवस्थामा संक्रमित भए नभएको परीक्षण गर्ने प्रणालीको क्षमता वृद्धि गर्ने तयारीमा भएको जानकारी दियो ।
अहिले दिनमा १५ सयको परीक्षण हुँदै आएकोमा नयाँ प्रणालीपछि दैनिक १० हजारको परीक्षण गर्न सकिने बताइएको छ ।
डोरिसले एक वक्तव्य जारी गर्दै बेलायतको सार्वजनिक स्वास्थ्य विभागले उनीसँगको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी गरिरहेको र उनको विभाग र संसदीय कार्यालयले विभागको सल्लाह अनुसरण गरिरहेको जानकारी दिएकी छिन् ।
६२ वर्षे डोरिसले नर्सको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनीसँगै बस्ने उनकी ८४ वर्षीया आमाले पनि मंगलबारदेखि खोक्न थालेपछि आफूलाई निकै चिन्ता लागेको उनले ट्वीटरमार्फत् जानकारी दिएकी छिन् ।
डोरिसले पछिल्लो समय कतिवटा बैठकमा भाग लिइन्, त्यसको कुनै जानकारी छैन ।
स्वास्थ्य विभागका अनुसार बिहिबार उनलाई पहिलो लक्षण देखिएको थियो । उनले त्यसैदिन प्रधानमन्त्रीद्वारा आयोजित एक सडक कार्यक्रममा भाग लिएकी थिइन् । त्यसको भोलिपल्ट अर्थात् शुक्रबारदेखि उनी सेल्फ आइसोलेशनमा बसेकी छिन् ।
प्रधानमन्त्री बोरिस जोनसोनले संक्रमणको परीक्षण गरे नगरेको बारे कसैले पनि जानकारी दिन चाहेनन् ।
स्वास्थ्य सचिवलगायत सबै स्वास्थ्यमन्त्रीले भाइरसको परीक्षण गर्नुपर्नेछ । डोरिससँग सम्पर्कमा रहेका अन्य अधिकारीले पनि परीक्षण गर्नुपर्ने जानकारीमा उल्लेख छ ।
स्वास्थ्य सचिव म्याट ह्यानकोकले डोरिसले घरभित्र आफूलाई सेल्फ आइसोलेसनमा राखेको भन्दै ट्वीटरमार्फत् प्रशंसा गरेका छन् भने उनको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४