काठमाडौं । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि आज सोमबार घर फर्किएका छन् । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुलाई सोमबार घर पठाइएको हो ।
उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कोरोनाको संक्रमण नपाइएपछि सरकारले घर पठाएको हो ।
शनिबार दोस्रो पटक नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कुनै संक्रमण नदेखिएपछि सरकारले उनीहरुलाई १६ दिनपछि घर पठाइएको हो ।