Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सन्ध्याग्रुप सौगातको ७८ औ वाचन डबली नेपालमा सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १९ २०७६
  • 4.8K
    SHARES

काठमाडौं । सन्ध्याग्रुप मुग्लानी सौगातको ७८ औ वाचन डबली तथा सम्मान नेपाल बिशेष कार्यक्रम काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभाहलमा भब्यताका साथ गत १७ गते शनिवारका दिन भब्यताका साथ सम्पन्न भएको छ।

सन्ध्याग्रुप अल्खोर कतारका अध्यक्ष गणेश क्षेत्रीको सभापतित्व तथा प्रज्ञा प्रतिष्ठान नेपालका कुलपति गङ्गाप्रसाद उप्रेती,बिशेष अतिथिहरुमा अनेसास केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली,प्रखर समसामयिक बिश्लेषक प्रा डा सुरेन्द्र केसी,एन आर एन ए हङ्कङका अध्यक्ष टीका गुरुङ,लेखक तथा निबन्धकार युवराज नयाँघरे, नबोदित साहित्य वाचनालय कतारका पुर्ब अध्यक्ष इन्द्रमणी नेपाल, सस्थाका संरक्षक प्रेम प्रसाद भट्टराई ,अनलाइन मिडिया मुग्लानी खबरका अध्यक्ष तथा राप्रपा संयुक्त का केन्द्रिय कार्यसम्पादन समितिका सद्स्य दिलमाया तामाङ ९राना०,सस्कृतिविद तथा साहित्यकार तिलस्मी प्रभास,अनेसास नेपालका अध्यक्ष सन्ध्या पहाडी,बरिष्ठ साहित्यकार कृष्ण अबिरल,विभिन्न संघ सस्थाका प्रतिनिधिहरू लगाएत नेपाली भाषा प्रेमी तथा साहित्य प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो।

सन्ध्याग्रुप अल्खोर कतारका पुर्ब अध्यक्ष तथा पुर्ब संरक्षक,मुग्लानी सौगातका पुर्ब प्रधान सम्पादक, सम्पादकहरुले सस्थालाई पुर्याउनु भएको अतुलनीय योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान कार्यक्रम समेत राखिएको थियो जसनुसार सन्ध्याग्रुप अल्खोर कतारका सस्थापक अध्यक्ष सुरज तामाङ ,पुर्ब अध्यक्षहरु धनेस्वर जिसी,थर्च लामा र बिरेन्द्र कुमार याक्थुङ्बालाई दोसल्ला ओढाई सम्म्मान पत्रद्वारा सम्मान गरिएको थियो।त्यसैगरी यस कार्यक्रमलाई सफल बनाउन अहम भुमिका खेल्दै आर्थिक नैतिक र भौतिक सहयोग पुर्याउनु भएकोमा मुग्लानी खबरका अध्यक्ष दिलमाया तामाङ ९राना० लाई खादा ओढाएर कदर पत्रद्वारा सम्मान गरिएको थियो।

विशेष गरि नेपालका विभिन्न सागित्यिक सस्था तथा साहित्यकारहरु सङ्गको उपस्थितमा गरिएको कार्यक्रममा विभिन्न साहित्यकारहरुका दमदार प्रस्तुति राखिएका थिए।दुईओटा मुक्तक संग्रह प्रकाशन गरिसक्नु भएका तिलस्मी प्रभासका करिब एक दर्जन मुक्तकले माहोल तताएका थिए।प्रस्तुती राख्ने सर्जक श्रष्टाहरुमा सबिन डागी,राजन लामा,गितकार लेखक प्रकाश घिमेरे,इन्द्रमणि नेपाल,सुदिप पङ्गेनी,रेणुका भट्टराई ,शरु छुच्ची,बाबा बस्नेत,पबित्रा अधिकारी,रन्जना निरौला,द्वारिका कुइकेल,गीता कार्की,पुष्प खनाल,रेणुका भट्टराई ,ललिता दोषी,महेश रिजाल,निर्मल पराजुली र गायिका गीता भट्टराई लगाएतका ब्यक्तित्वहरु रहेका थिए।

त्यसैगरी कार्यक्रम सफलताको शुभकामना मन्तब्य राख्नेहरुमा लेखक तथा बरिस्ठ निबन्धकार युवराज नयाँघरे,साहित्यकार कृष्ण अबिरल,प्रखर समसामयिक बिश्लेषक डा सुरेन्द्र केसी,एन आर एन ए हङकङ का अध्यक्ष टीका गुरुङ,सस्थाका पुर्ब अध्यक्ष धनेस्वर जिसी,बिरेन्द्र कुमार याक्थुङ्बा,अनेसास केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली,सन्ध्याग्रुओ अल्खोर कतारका संरक्षक प्रेम प्रसाद भट्टराई लगाएतका ब्यतित्वहरु रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथी गङ्गाप्रसाद उप्रेती बोल्दै कतारमा स्थापित भएर पनि नेपालमा आएर यसरी सम्पुर्ण साहित्यकारहरुलाई समाबेश गरि कार्यक्रम गर्नु अत्यन्तै सकारात्मक रहेको भन्दै आयोजकलाई धन्यबाद दिएका थिए।साथै सम्पुर्ण लेखक तथा साहित्यकारहरुको एकता हुनुपर्ने बताएका थिए।साहित्यकारहरु र लेखकहरुलाई पनि बाच्ने आधारहुनुपर्ने र यश बिषयमा आफुहरु लागिपरेको समेत बताएका थिए।

कार्यक्रमको अन्त्यमा सभापति गणेश क्षेत्रीले कतारबाट आएर नेपालमा कार्यक्रम गर्नु आफैमा चुनौती हुदाहुदै पनि यो छोटो समयमा यसरी कार्यक्रमलाई सभ्य तथा भब्य रुपमा सफल पारिदिन उपस्थित हुनुभएका सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका थिए।त्यसैगरी हाम्रो निमन्त्रणालाई सहस्र स्विकार्दै प्रमुख अतिथिको रुपमा पाल्नुहुने गङ्गाप्रसाद उप्रेती ज्युलाई धन्यबाद ब्यक्त गरेका थिए साथै कार्यक्रमको शुरु देखि अन्त्यसम्म बसेर सहयोग पुर्याउनुहुने बरिस्ठ निबन्धकार युवराज नयाँघरे ज्युलाई धन्यबाद ब्यक्त गरेका थिए साथै उपस्थित सम्पुर्ण सर्जक श्रष्टा लेखक साहित्य अनुरागी मित्रहरु लगाएत कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनुहुने ब्यक्तित्वहरु,आर्थिक नैतिक भौतिक सहयोग पुर्याउनु हुने ब्यक्तित्वहरु,सस्थाका संरक्षक ,सल्लाहकार ज्युहरु र सम्पुर्ण कार्यसमितिमा धन्यबाद दिदै आफ्नो एउटा गजल बाचन गरेर कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए भने कार्यक्रमको संचालन बिशेष अतिथी तथा अनेसास कतारका अध्यक्ष सिताराम थापाले गरेका थिए त्यसैगरी स्वागत मन्तब्य सस्थाका पुर्ब महिला बिभाग प्रमुख सावित्री गिरीले गरेकी थिईन भने बिशेष अतिथी तथा गायिका कला भट्टराईले ब्याज बितरण गरि सहयोग गरेकी थिईन।

उक्त कार्यक्रमलाई बिस्वसामु पुर्याउन सहयोग गर्नुहुने मिडिया पार्ट्नरहरुमा मुग्लानी खबर डट कम,प्रभाव डट कम,प्रभास खबर डट कम का साथै हिमालयन रेडियोबाट प्रत्यक्ष लाईभ प्रशारण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४