काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ भने ९० हजार मानिस यसबाट संक्रमित भएका छन् ।
चीनमा हिजो आइतबार थप ४२ जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय १२ पुगेको छ । ८० हजार भन्दा बढी संक्रमित भएका छन्
चीन बाहिर अन्य १० मुलुकमा कोरोना संक्रमितको मृत्यु भएको बीबीसीले जनाएको छ । चीनबाहिर १० हजारमा कोरोनाको संक्रमण देखिएको छ।