काठमाडौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण हुने भएको छ ।
आज बसेको सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार त्रिवि शिक्षण अस्पतालमा गरिने जानकारी दिएका हुन् ।
‘सचिवालयको आजको बैठकमा प्रधानमन्त्री एवं नेकपाको अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य उपचारको योजनाको बारेमा जानकारी गराउनु भयो’ प्रवक्ता श्रेष्ठले भने,‘ यही बुधवार उहाँको मिर्गौला प्रत्यारोपणको काम हुने योजना बनाइएको छ । जस अनुसार उहाँ भोलि नै त्यसका लागि अस्पताल भर्ना हुनुहुनेछ । र त्रिवि शिक्षण अस्पतालमा उहाँको मिर्गौलाको प्रत्यारोपण हुनेछ ।’