Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भ्रष्टाचारको मुहान पार्टीभित्रका शक्तिकेन्द्रहरू नै हुन्ः श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १८ २०७६
  • 2.1K
    SHARES

सिन्धुपाल्चोक, बलेफी । समाजवादी पार्टीको सिन्धुपाल्चोक जिल्ला समितिको समायोजन सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा यहि शनिवार बलेफिमा सम्पन्न भएको छ । समायोजन कार्यक्रममा श्रेष्ठले देशमा ब्याप्त भ्रष्टाचार, कमिशनतन्त्र र लुटतन्त्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसको मिलोमतोमा नै हुने गरेको बताए । उनले मुहान नै धमिलो भए स्वच्छ पानी आउँदैन भन्दै भ्रष्टाचारको मुहान पार्टी्भित्रका शक्तिकेन्द्रहरू नै भएको बताए ।
समाजवादी पार्टी पहिचान सहितको सङ्घीयता, सुशासन र समतामुलक समृद्धिका लागि स्थापित भएकाले यसप्रतिको आकर्षण दिनानुदिन बढ्दै गइरहेको बताउँदै उनले हरेक क्षेत्रमा वैचारिक विकल्प दिएको बताए । उनले नेकपाको जनताको जनवाद र काङ्ग्रेसको लोकतान्त्रिक समाजवाद दुबै मौलिक रूपमा ए्कात्मक राज्य प्रणालीमा आधारित भएको तथा संघीयता र समानुपातिक समावेशीकरणको मूल्य मान्यतालाई पक्षपोषण नगरेको हुँदा त्यसले जातीय उत्पीडनको अन्त्य गर्न, सीमान्तकृत समुदायहरूलाई मूल धारमा ल्याउन तथा देशमा सुशासन र समृद्धि ल्याउन नसक्ने बताए ।
प्रमुख अतिथि श्रेष्ठले नेपाल जस्तो बहुराष्ट्रिय मुलुकमा एकात्मक शासन प्रणालीले एकल जातीय शासन निम्त्याएको बताउँदै त्यस्तो राज्यमा समाजवादले वर्गीय समस्या हल गरे पनि जातीय उत्पीडनको समस्या हल गर्न नसक्ने भएकोले विश्व मानव समुदायले आविस्कार गरेका पछिल्लो ज्ञान र चेतनामा आधारित संघीय शासन प्रणालीसहितको समाजवाद आवश्यक रहेको बताए । उनले आफ्नो पार्टीले नेपाली समाज परिवर्तनको सिद्धान्तको रूपमा समुन्नत संघीय समाजवाद अगाडी सार्नुको कारण वर्गीय, जातीय, क्षत्रीय र लिंगीय सबै समस्या हल गर्नका लागि भएको बताए ।
नेता श्रेष्ठले समाजवादी पार्टीले प्रशासनिक संघीयता र जातीय संघीयता दुबैको विकल्पमा पहिचान सहितको संघीयताको वकालत गरेको बताए । उनले अहिले देशमा स्थापित संघीयता आन्दोलनको उपज भए पनि पूर्ण नभएको बताउँदै नेपालमा पुराना पार्टीहरूले पहिचान सहितको संघीयताले देश विभाजन हुने भ्रम फैलाएको आरोप लगाए । उनले आधुनिक संघीयताको जननी मुलुक अमेरिका, भारत लगायत माइक्रोनिसिया, पलाउ, सेन्टकिट्स तथा नेभिस जस्ता साना साना बहुजातीय मुलुकहरूमा पनि पहिचान सहितको संघीयता भएको उदाहरण दिंदै संघीयताले ती देशहरूलाई विभाजन होइन विभाजनको ठूलो ठूलो संकटबाट बचाएको बताए ।
प्रतिनिधिसभाका सदस्य समेत रहेका श्रेष्ठले प्रशासनिक संघीयताले उत्पीडित समुदायलाई मूल धारमा ल्याउन नसक्ने तथा जातीय संघीयताले देशमा जातीय द्वन्द्व बढाउने बताए । संघीयताको अर्थ नै विविध जाति, भाषा, संस्कृति भएको मुलुकमा सबैको साझा राज्य बनाउनु, एक आपसमा एकाकार हुनु, सम्मिलन हुनु भएको बताउँदै उनले भने, ‘पहिचानसहितको संघीयता भनेको जातीय राज्य नभइ समानुपातिक समावेशीकरण भएको संघीय राज्य हो । हामी देशको केन्द्र र प्रदेश दुबै लोकतान्त्रिक ढंगले चुनिएका प्रतिनिधिहरूले शासन गर्ने राज्य प्रणलीको पक्षमा छौँ ।’
समायोजन कार्यक्रमका विशिष्ट अतिथि तथा पार्टीका उपाध्यक्ष हिसिला यमीले समाजवादी पार्टीले विचारमा मात्र विकल्प दिएको नभई संगठनात्मक संरचनामा पनि विकल्प दिएको बताउँदै महिला, मधेसी, खस आर्य, आदिवासी जनजाति, शिल्पी दलित, मुस्लिम सबै समुदायलाई पदाधिकारीमा नै समेटेको बताए । उनले संघीयता, सुशासन, समृद्धि र समाजवाद आफ्नो पार्टीको ४ मुख्य नीतिहरू भएको बताए ।
३ नम्बर प्रदेशको अनुगमनकर्ता समेत रहेका यमीले पार्टीको विचार मात्र ठीक भएर हुँदैन त्यसलाई गाउँ गाउँमा लाने संगठन पनि हुनु पर्छ भन्दै ताम्सालिङमा सङ्गठन विस्तारको राम्रो सम्भावना रहेको बताए । उनले सिन्धु र पाल्चोक दुई थुम मिलेर सिन्धुपाल्चोक बने जस्तै संघीय समाजवादी र नयाँशक्ति मिलेर समाजवादी पार्टी बनेको बताए ।
पार्टीका स्थानीय नेता पद्म लाल श्रेष्ठकोे अध्यक्षता तथा सन्तोष रायमाझीले सञ्चालन गरेको उक्त कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य विदुर चौलागाँइले स्वागत तथा पार्टीका केन्द्रीय सदस्य एबम् ३ नम्बर प्रदेशका सहइन्चार्ज लालबहादुर तामाङ, ताम्सालिङ राष्ट्रिय समितिका सहइन्चार्ज सिंहबहादुर तामाङ, अध्यक्ष कृष्णकुमार घलान, केन्द्रीय सदस्य भीम पराजुली, संघीय परिषद सदस्य भरत पुडासैनी, मिङ्मार तामाङ आदिले पनि शुभकामना मन्तव्य दिएका थिए ।
उक्त समायोजित जिल्ला तदर्थ समितिका पदाधिकारीहरूमा अध्यक्ष जगत मोक्तान, उपाध्यक्षहरू ईश्वरी चालिसे, नमराज श्रेष्ठ र गोबिन्द सुनार, सचिव नारायण कार्की, सहसचिव विकास योञ्जन तामाङ र कोषाध्यक्ष सुकदेव गुरूङ रहेका छन् । समितिको घोषणा ताम्सालिङ प्रदेशका अध्यक्ष तथा शपथ ग्रहण ३ नम्बर प्रदेशका सहइन्चार्जले गराएका थिए । कार्यक्रमको अन्त्यमा अध्यक्ष जगत मोक्तानले समाजवादी पार्टीलाई सिन्धुपाल्चोकमा स्थापित गर्न रात दिन नभनेर खट्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४