Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परिक्रमा विश्रामस्थलमा बनाइए १० डोलाघर


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १५ २०७६
  • 3.8K
    SHARES

जनकपुरधाम । मिथिलाक्षेत्रको प्रसिद्ध मध्यमाध्यमिकी परिक्रमामा डोला (देउता प्रदक्षिणा गर्ने सिंहासन) राख्नका लागि नेपालका दसवटा विश्रामस्थलमा डोलाघर निर्माण गरिएको छ । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस आर्थिक वर्षमा ती डोलाघर निर्माण गरेको हो ।
नवनिर्मित डोलाघरको उद्घाटन जनकपुरधामको हनुमाननगरमा प्रदेश २ का पर्यटन मन्त्री रामनरेश रायले गरे ।
पन्ध्रदिने परिक्रमाको नाउँले प्रसिद्ध मध्यमाध्यमिकी परिक्रमाका नेपालका धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । धनुषाको कचुरीबाट आरम्भ भएको परिक्रमा फागुनको औंशीदेखि पूर्णिमासम्म चल्नेगर्छ । जनकपुरको हनुमानगरबाट कल्याणेश्वर हुँदै फुलहर, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वर हुँदै फागुपूर्णिमाका दिन जनकपुर फर्कन्छ । जनकपुरधामको पाँचकोसे अर्थात् अन्तःगृह परिक्रमा गरी मिथिला मध्यपरिक्रमा समाप्त हुन्छ ।
डोलाका पछिपछि परम्परागत बाजागाजा, झाँकीकीर्तनसहितका लाखौं नरनारी सहभागी हुने मिथिला मध्यपरिक्रमामा प्राचीन मिथिलाको राजधानी जनकपुरधामका चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ । ।
डोलाघर नहँुदा परिक्रमा गर्ने भगवान्को बास अव्यवस्थित, असुरक्षित र अपवित्र हुने जोखिम रहँदै आएको थियो । करीब १ करोडको लागतमा निर्माण भएका डोलाघरका कारण लाखौंको संख्यामा परिक्रमामा सहभागी हुने श्रद्धालुभक्तजनहरूको आस्था र निष्ठा उच्च भएको प्रदेश २ का पर्यटनमन्त्री रायले बताए ।
परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने एवं मोक्ष प्राप्त हुने धार्मिक मान्यताका आधारमा कयौं शताब्दीदेखि पन्ध्रदिने मिथिला परिक्रमा हुँदै आएको छ । धार्मिक पर्यटनको दृष्टिले अत्यन्त महत्वपूर्ण भए पनि परिक्रमामार्गलाई व्यवस्थित र परिक्रमावासीमैत्री बनाउन संघ सरकारले पहल गर्न सकेको छैन ।
परिक्रमाको गौरव बढाउन परिक्रमामार्गमा आधारभूत सेवासुविधा आवश्यक छ । यसलाई दृष्टिगत गरेर प्रदेश सरकारले पहिलो चरणमा बनाएको डोलाघरबाट परिक्रमाका सहभागीहरू उत्साहित भएको जलेश्वर नगरपालिकाका प्रमुख शंकर शाहीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४