Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रिजालद्वारा उधोग बाणिज्य महासघको केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १३ २०७६
  • 5.5K
    SHARES

शरद रेग्मी
दाग । नेपाल उद्योग वाणिज्य महासघंको आगामी चैत २८ र २९ गते काठमाडौमा हुन गईरहेको निर्वाचनमा खुल्ला तर्फको केन्द्रिय सदस्य पदका लागि तुलसीपुर उद्योग वाणिज्य सघंबाट बिमल रिजालको उम्मेदवारी घोषणा गरिएको छ । रिपोर्टस क्लव दाङले मगंलवार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतले खुल्ला तर्फको केन्द्रिय सदस्य पदका लागि सघंका पुर्व अध्यक्ष बिमल रिजालको उम्मेदवारी घोषणा गर्नुभएको हो ।
रिजालले समाजप्रति खेलेको भुमिका अतुलनिय छ,उहाँले भन्नुभयो,–तुलसीपुर सहित सिंगो दाङका उद्योगी,व्यवसायीहरुको हकहित र विकासका लागि उहाँको उम्मेदवारी घोषणा गरिएको हो ।
उहाँले सफल युवा व्यवसायी,सामाजिक अभियान्ता रिजाललाई आसन्न निर्वाचनमा अत्याधिक मत दिएर खुल्ला तर्फको केन्द्रिय सदस्य पदमा बिजयी बनाउन आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका पुर्व अध्यक्ष एवं केन्द्रिय सदस्य पदका उम्मेदवार बिमल रिजालले सिंगो निजि क्षेत्र र दाङको आर्थिक विकासका लागि आफु सदैब कटिबद्ध भएर लाग्ने प्रतिबद्धा व्यक्त गर्नुभयो । मेरो उम्मेदवारी रहर मात्र होइन,बाध्यता पनि हो,रिजालले भन्नुभयो,–पछिल्लो समय व्यापार व्यवसायको स्तर खस्कदै गएको छ,आफ्नो हक अधिकारका लागि पछि हट्नुपरेको छ,यहाँका विविध समस्यालाई सुल्झाउन,यस क्षेत्रका व्यवसायीक हक हितका लागि मेरो उममेदवारी परेको हो । रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका पुर्व अध्यक्ष हेमन्त कुमार रिजाल,त्रिशिद्धेश्वरी राप्ती यातयात प्रा.लिका अध्यक्ष सुरेस हमाल,ऐन प्यावसन दाङका नबनिर्बा्चित अध्यक्ष बिमल गौतम,तुलसीपुर नगर जेसिसका अध्यक्ष मोहन सुनार लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैबिच सो अवसरमा ऐन प्यावसन दाङ र तुलसीपुर नगर जेसिजका नवनिर्वा्चित पदाधिकारीहरुलाई स्वागत सम्मान गरिएको थियो । उक्त कार्यक्रमको सहजीकरण तुलसीपुर उद्योग वाणिज्य सघंका महासचिव रुपबहादुर खत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४