Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परशुराम नगरपालिका जहाँ पुल मुनि बाट खोला तर्न ५० रुपिया तिर्न पर्छ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ४ २०७६
  • 9K
    SHARES

डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने रंगुनखोलामा निर्माण थालिएको ५ वर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन। पुल निर्माण गर्ने सम्झौताको म्याद गुज्रँदा समेत पुलको निर्माण सम्पन्न नभएपछि स्थानीय आक्रोसित बनेका छन्। तर मेयर नै ठेकेदार रहेकाले उनका विरुद्धमा स्थानीयहरु खुलेर बोल्न समेत चाहँदैनन्।

परशुराम नगपालिकाका मेयर भिमबहादुर साउद नै ठेकेदार रहेको सो पुल निर्माण सम्पन्न नहुँदा स्थानीय उपभोक्ताको समस्या समाधान हुन ढिलाइ भएको छ।

मेयर नै ठेकेदार रहेको पुल निर्माणमा ढिलाइ मात्र भएको छैन। तर पुलको मुनिबाट खोला तर्न भने त्यहाँका स्थानीयले ५० रुपैयाँ तिर्दै आएका छन्। तर यो पनि कम जोखिमपूर्ण छैन। टायरको सहयोगमा खोला तारिदिनेले प्रत्येक पटक वारापार गराएको ५० रुपैयाँ लिने गरेका हुन्।

सो क्षेत्रको मुख्य बजार जोगबुडा बजार आवतजावत गर्नका लागि रंगुन खोला तर्नैपर्छ। अस्पताल, बैंक, नागरिकता, पासपोर्टलगायतका कामकाजका लागि दर्जनौं गाउका बस्ती यही खोला तरेर आवतजावत गर्छन्। तर पुल निर्माणको काम अझै पनि ३० प्रतिशतभन्दा बढी नै छ।

उता पुलको काम भएको पाँच वर्ष भइसक्दा समेत पुलको काम सम्पन्न हुन सकेको छैन। रंगुन खोलामा बगेर वर्षेनि नागरिकको ज्यान जाने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४