Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आमाको हत्या गर्न प्रेमि सँग मिलेमतो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १६ २०७६
  • 4.4K
    SHARES

भक्तपुरमा हत्या भएकी सावित्री भट्टराईको हत्यामा संलग्न चार जना पक्राउ परेका छन्

आइतबार चाँगुनारायण नगरपालिका वडा नं ७ बाँसबारीस्थित छोरी ईश्वरी भट्टराईको घरमा घाँटी रेटेर हत्या गरेको अवस्थामा उनको शव भेटिएको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार हत्यामा संलग्न चार जनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा मोहम्मद नौसाद, अर्जुन कुमार भन्ने भोला कुमार, मोहम्मद रहिश र मृतक सावित्रीकी छोरी ईश्वरी भट्टराई रहेका छन् ।

प्रहरी अनुसन्धानमा सावित्रीको हत्या उनकी छोरीले प्रेमीको सहयोगमा योजनाबद्ध ढङ्गले हत्या गरेको खुलेको छ । हत्यामा संलग्न भट्टराईका प्रेमी मोहम्मद नौसादलाई प्रहरीले आइतबार राती धादिङको गजुरीबाट पक्राउ गरेको हो ।

हत्या हुनुको कारण छोरी उनका प्रेमीबीचको ‘सम्बन्ध’ रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो । उनी भक्तपुरमा आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन् । श्रीमान्ले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरी–ज्वाइँको घरमा बस्दै आएकी थिइन् ।

‘छोरी र उनको प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि त्यो बाहिर आउने डरले हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ अपराध महाशाखाले जनाएको छ ।

ईश्वरीले प्रेमी नौसादसँग सल्लाह गरी आमालाई मार्न १२ लाखको सुपारी दिने सहमति गरेका थिए । सहमतिपछि प्रेमी मोहम्मद र अर्जुन कुमार मिलेर भारतबाट मोहम्मद रहिशलाई नेपाल बोलाइ हत्या गरेको खुलेका महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४