पवन चाम्लिङको २५ वर्ष लामो शासनलाई अन्त्य गर्दै प्रेम सिंह तामाङ(गोले) सिक्किमको मूख्यमन्त्री बनेका छन्।
उनले स्थानिय समय अनुसार १० बजे मूख्यमन्त्रीको सपथ ग्रहण गर्दैछन्।
मूख्यमन्त्रीसँगै आजै उनको मन्त्रीपरिषद् पनि गठन हुनेछ। उनको ११ सदस्यीय मन्त्रीपरिषदलाई सिक्किमका गभर्नरले मञ्जुरी दिइसकेका छन्।
त्यसैगरी भ्रष्टाचारी ठहर गरेका व्यक्ति मूख्यमन्त्री बनेकाले पूर्व मूख्यमन्त्री चाम्लिङले उनको सपथ ग्रहण समारोहमा उपस्थित नहुने बताइएको छ।
गत बिहिबार सार्वजनिक भएको मत परिणाममा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिट मध्ये १७ सिटमा विजय हासिल गरेपछि सिक्किममा चाम्लिङको सत्ता उल्टिएको थियो।
चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट १५ सिटमा खुम्चिएको थियो।
सन् २०१४ मा भएको अघिल्लो विधानसभा चुनावमा गोलेको पार्टी १० सिट जितेको थियो भने चाम्लिङको पार्टीले २२ सिट जितेको थियो।
आज सपथ लिदैं गरेका गोलेले यसपटकको विधान सभामा तथा लोकसभामा उम्मेदवार बनेका थिएनन्। उनको निर्वाचन क्षेत्रबाट उनका छोरा आदित्य गोले निर्वाचित भएका छन्।
भारतको संविधानमा विधानसभा सदस्य नभएपनि मूख्यमन्त्री बन्न पाउने प्रावधान छ। त्यसै प्रावधान अन्तरगत प्रेमसिंह मूख्यमन्त्री भएका हुन्। यसरी ६ महिनासम्मका लागि मूख्यमन्त्री बन्न पाइन्छ तर ६ महिनाभित्रमा विधानसभामा सदस्य नभए मूख्यमन्त्री पद जान्छ।
उनका समर्थकले पार्टीले जितेको कुनै एउटा विधानसभा सिट खाली गराएर निर्वाचन लड्ने बताएका छन्।
प्रेमसिंहले आज लिन लागेको मूख्यमन्त्रीको सपथको भने चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टले भने विरोध गर्दै आएको छ।
‘भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका गोलेले कुनै पनि चुनाव लड्न पाउँदैनन, उनी कसरी मूख्यमन्त्री बन्छन्?, निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गरेसँगै चाम्लिङले भनेका थिए।