हाम्रो “सत्य तथ्य सन्तुलित र निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा !
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ।
राष्ट्रिय सभामा दर्ता भएको विधेयकले जनताको अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित गर्न खोजेको प्रतिपक्षले आरोप लगाएको छ।
‘सरकारले संविधानको मान्यताविपरीत आएर मिडिया काउन्सिल विधेयक अगाडि सारेको छ’, बैठकमा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालले भनिन्, ‘सरकारले राज्य नियन्त्रित कानुन बनाउन खोजेको छ। सरकारको विरूद्धमा जनताले अभिव्यक्ति दियो भने शासनविरूद्ध आवाज उठाए, आवाज दबाउनका लागि लोकतन्त्रलाई भय र त्रासको वातावरण बनाउन जुन किसिमको विधेयक प्रवेश गराएको छ त्यसको घोर भत्सर्ना गर्न चाहन्छौं।’
उनले सरकारको मुहारमा गलत नियत देखिएको बताइन्।
‘प्रेसको अधिकार कुण्ठित गर्नेगरी विधेयक तर्जुमा गरेको छ, त्यो विधेयक कुनै हालतमा संसदबाट अगाडि बढाउन सक्दैनौं’, भुसालले भनिन्, ‘मिडिया काउन्सिल विधेयक हाम्रो लोकतन्त्रले चिन्दैन। हामीले बुझ्दैनौं, पढ्न चाहँदैनौं। त्यो फिर्ता लिन माग गर्दछौं।’
उनले आमसञ्चार नीतिविपरीत विधेयक ल्याइएको बताइन्। उनले नीतिमा काउन्सिलले मध्यस्ता गर्ने व्यवस्था रहेको उल्लेख गरिन्।
‘नीतिको मसी सुक्न नपाउँदै मिडिया काउन्सिल ऐन कुन नियतबाट ल्याएर आएको छ। सरकारको नियत स्पष्ट छ। भ्रष्टाचारविरूद्ध कलम चलाउने, लोकतन्त्र र सुशासनमा उठ्ने प्रश्न र आवाज बुलन्द गर्नेलाई कुण्ठित गर्नका लागि काउन्सिल ऐन आएको छ।’
‘सरकारको नियतमा खोट देखिएको छ’, भुसालले भनिन्, ‘स्वीकार्य छैन।’
‘जनताको नागरिक अधिकार कुण्ठित गर्ने गरि प्रेस स्वतन्त्रतालाई निषेध र दण्डित गर्ने मुहार बोकेको विधेयक आए स्वीकार हुने छैन’, भुसालले बैठकमा भनिन्।
उनले मानव अधिकार आयोग ऐनको संशोधनको समेत विरोध गरिन्। ‘संवैधानिक अंगमा राज्यले नियन्त्रण गर्ने र मानव अधिकारको व्याख्या गर्ने, अनुसन्धान पनि गर्ने र अधिकार क्षेत्रलाई कुण्ठित गर्नेगरी ल्याउन लागेको विधेयक स्वीकार गर्न सक्दैनौं’, उनले भनिन्, ‘जनताको आवाज र पत्रकारको आवाज निषेध गर्नेगरी विधेयक ल्याइए सदन र सडकबाट प्रतिवाद गर्नेछौं।’
कांग्रेस सांसदहरूले आवाज उठाएलगत्तै सभामुख कृष्णबहादुर महराले सरकारका मन्त्रीहरूको ध्यानाकर्षण गराएका छन्।
‘मन्त्रीहरू उपस्थित हुनुहुन्छ, सरकारको यथेष्ठ ध्यान गएकै हुनुपर्छ’, महराले भने।
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
१,प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक :- नेत्र बहादुर कार्की ।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ ।
३,सम्पादक :- कुमार अधिकारी ।
४,सह-सम्पादक :- सबिन कार्की ।
५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८,सम्बाददाता :- अर्जुन कार्की ।
९,सम्बाददाता :- गोबिन्द गौतम ।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
