हाम्रो “सत्यतथ्यसन्तुलितरनिष्पक्ष खबर ”जन न्युजनेपाल खबरडट कम”हरेकपल पलमातपाईंहरुकोसाथमा !
काठमाडौँ– घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले विशेष अदालतलाई दिएको बयान आफैमा भिन्न भेटिएको छ ।
पाठकले विशेष अदालतमा हाजिर भएर बयान दिने क्रममा आफु सामान्य आर्थिक हैसियत भएको र खान लाउन पुग्ने मात्रै भएको बताएका छन् । तर बयानपछि पाठक बुधबारै ७८ लाख धरौटी बुझाएर रिहा भएका छन् । यसले उनको आर्थिक हैसियतबारे भनाइ र गराइमा भिन्नता भएको प्रस्टै बुझिन्छ । त्यस्तै, सामान्य खान लाउन पुग्ने व्यक्तिलाई बैंकले पनि कसरी ७८ लाख रुपैयाँको बैंक ग्यारेन्टी पत्याउन सक्छ भन्ने प्रश्न उठेको छ । बुधबार बयान सकिएको एक घण्टामै पाठकले उक्त रकम जुटाएका थिए ।
आर्थिक अवस्था सामान्य रहेको बताउने पाठकले एक घण्टामै कसरी ७८ लाख रुपैयाँ जुटाउन सके भन्ने प्रश्न उठेको छ र उनको वयान सँग पनि वाझिएको छ।
अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा पाठकले २८ वटा प्रश्नको जवाफ दिएका थिए ।
अदालतमा बयान लिने क्रममा ‘सामान्य आर्थिक हैसियत’ भएका पाठकलाई सोधिएको स्वास्थ्य अवस्थाबारेको प्रश्नमा पाठकले उपचारका लागि बेलाबखत आफू विदेश पनि जानु परिरहेको जवाफ दिएका छन् ।
त्यस्तै, अदालतले पाठकलाई सोधेको एक अर्को प्रश्नमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको कुनै एक आयुक्तले मात्र टुङ्गो लगाउन नसक्ने जवाफ दिएका छन् । पाठकको यो जवाफबाट उक्त प्रकरणमा अन्य आयुक्त पनि संलग्न रहेको भन्ने संकेत गरेको छ ।
त्यस्तै पाठकलाई अनुसन्धानका क्रममा ज्ञानेन्द्र झा, ध्वजमान मोक्तान, शुभनारायण पाठकसँगको चिनजान र सम्बन्धबारे सोधिएको प्रश्नमा उनले रिसिवीका कारण आफुलाई फसाएको भन्ने जवाफ दिएका छन् ।
कलेज विवादमा ७८ लाख रूपैयाँ घुस लिएको भन्दै तत्कालिन अख्तियार आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले नै गत चैत १२ गते मुद्दा दायर गरेको थियो ।
अख्तियारले घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएर विशेष अदालतमा अभियोग पत्र बुझाइएको थियो । पाठकले घूस लिएको समाचार बाहिरिएपछि उनले अख्तियारको आयुक्त पदबाट राजिनामा दिएका थिए ।
हाम्रो बारेमा सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस। जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ। जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं। जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद १,प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक :- नेत्र बहादुर कार्की । २,प्रधानसम्पादक : राजकुमार हुमागाइ । ३,सम्पादक :- कुमार अधिकारी । ४,सह-सम्पादक :- सबिन कार्की । ५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की । ६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ । ७,सम्बाददाता :- पुर्ण बहादुर खत्री । ८,सम्बाददाता :- अर्जुन कार्की । ९,सम्बाददाता :- गोबिन्द गौतम ।