Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ३१ २०७६
  • 5.1K
    SHARES

हाम्रो “सत्य तथ्य सन्तुलित र  निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा !

काठमाडौँ — बचतकर्ताको २४ करोडभन्दा धेरै रकम कुम्ल्याएर बूढानीलकण्ठको नयाँ सन्देश बचत तथा ऋण सहकारी लिमिटेडका मुख्य सञ्चालक फरार भएका छन् ।

साढे २१ प्रतिशत ब्याज पाइने प्रलोभन देखाएर सहकारीले सय दिने मुद्दती योजना ल्याएपछि बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ र ५ लगायत वडाका बासिन्दाले करोडौं रुपैयाँ निक्षेप गरेका थिए । पीडितहरूका अनुसार कम्तीमा २ हजार जनाको रकम फसेको छ ।

सहकारीका सञ्चालकले ब्याज त परै जाओस् साँवासमेत फिर्ता दिन आलटाल गरेपछि निक्षेपकर्ताहरू रकम फिर्ताका लागि दौडधुपमा थिए । गत पुस १५ मा वडा नम्बर ५ का अध्यक्ष विजयकुमार तामाङ, सहकारीका अध्यक्ष सानु ठकुरी, उपाध्यक्ष राजकुमार ठकुरी र पीडितबीच बूढानीलकण्ठस्थित प्रहरी इकाईमा छलफलसमेत भएको थियो ।

वडाध्यक्ष तामाङका अनुसार उक्त छलफलमा सहकारीले ४५ दिनभित्र सबै निक्षेपकर्ताको रकम फिर्ता गर्ने सम्झौता गरेको थियो । कागजी भाका सकिएपछि पनि सहकारी सञ्चालकहरू सम्पर्कमा नआएपछि पीडितहरूले सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन् ।

पीडितहरूका अनुसार फसेको रकम उठाउने नाममा टाठाबाठा पीडितहरूले भित्रभित्रै कुरा मिलाउन रआफ्नो मात्रै पैसा उठाउन लागिपरेका थिए । २०६५ पछि सानु ठकुरीको अध्यक्षतामा सञ्चालनमा आएको सहकारीले सात वर्षयता वार्षिक लेखापरीक्षण पनि नगरेको वडाध्यक्ष तामाङले बताए । आफ्नै दाइ, भाइ र भिनाजुको समेत सहकारीमा १३ लाख फसेको सुनाउँदै उनले भने, ‘फसेको रकम उठाउन अनेक प्रयत्न गर्‍यौं । अहिले त सञ्चालकहरू नै फरार भए ।’

वडाध्यक्ष तामाङले ब्याजको प्रलोभनमा सहकारीले सबैलाई फसाएको बताए । वडा नम्बर ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले आफ्नी श्रीमतीको पनि रकम फसेकोहुन सक्ने बताए । स्थानीय जयबहादुर श्रेष्ठले आफ्नो६ लाख फसेको सुनाए भने चण्डेश्वरी मानन्धरले दिदीबैनीको २३ लाख फसेको बताइन् । ‘आफ्नै पैसा निकाल्न दर्जनौं पटक प्रयास गर्‍यौं । सञ्चालक भागेको भाग्यै भए । ब्याज

त त्यस्तै हो, साँवा पनि गुम्यो,’ उनले भनिन् ।

स्थानीयबिन्दा माया तामाङले खाई नखाई गरेर जोगाएको चारलाख ७५ हजार फसेको सुनाइन् । स्थानीय बहादुर लामाले प्रशस्तै ब्याज पाइने सुनेपछि आफ्नो, श्रीमती र छोरीका नाममा खाता खोलेर सहकारीमा साढे २२ लाख जम्मा गरेका थिए । उनले भने, ‘सहकारीले सबैलाई डुबायो ।’ गलैंचा कारखानामा काम गरेर कमाएको १२ लाख गुमाएकी लालीमाया श्रेष्ठले भनिन्, ‘अब कसरी पैसा उठाउने ! ब्याज नभए पनि साँवा त चाहियो नि ।’

पीडितहरूका अनुसार सुरुका केही महिना सहकारीले भनेअनुसार नै ब्याज दिएपछि नयाँ नयाँ सदस्यले पनि रकम जम्मा गर्न थालेका थिए । कैयन् बचतकर्ताले ब्याजको रकम फेरि सहकारीमै ब्याजमा लगाएका थिए । चर्को ब्याजको लोभमा धेरै बचतकर्ताले परिवारका सबै सदस्यको नाममा खाता खोलेको देखिन्छ ।

स्थानीय कृति कौरलेआफ्नो परिवारका ५ सदस्यको २८ लाख फसेको बताइन् । हरि ठकुरीको परिवारका ४ सदस्यले फरकफरक खाताखोलेर झन्डै २५ लाख जम्मा गरेका थिए । सहकारीका सचिव अविन परियारले सहकारीले रकम नठगेको र तिर्ने प्रक्रिया मिलाउन लागेको  दाबी गरे ।

‘सहकारीले झन्डै साढे १२ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ,’ उनले भने, ‘ऋण नउठेकाले बचतकर्ताको रकम फिर्ता गर्न समय लागेको हो ।’ स्रोतका अनुसार ब्याजको प्रलोभनमा करोडौं रकम उठाएर सहकारी सञ्चालकले घरजग्गाको कारोबार गरेको देखिन्छ । सचिव परियारले पनि सहकारीले घरजग्गामा लगानी गरेको स्विकारे । सहकारी विभागका रजिस्ट्रार तोकराज पाण्डेका अनुसार ब्याजको प्रलोभन देखाएर रकम जम्मा गर्नु र त्यसलाई घरजग्गामा लगानी गर्नु गैरकानुनी हो ।

हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
१,प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक :- नेत्र बहादुर कार्की ।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ ।
३,सम्पादक :- कुमार अधिकारी ।
४,सह-सम्पादक :- सबिन कार्की ।
५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८,सम्बाददाता :- अर्जुन कार्की ।
९,सम्बाददाता :- गोबिन्द गौतम ।

ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४