हाम्रो “सत्य तथ्य सन्तुलित र निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा !
३० वैशाख, काठमाडौं । त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक-खण्ड विस्तारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा त्रुटि नै त्रुटि भेटिएको छ । आयोजना सुरु गर्दा नै सरकारीस्तरबाट ठेक्का लगायतमा गम्भीर लापरवाही भएकोसमेत एक अध्ययनले देखाएको छ । कार्यालयको २०७५ सालको वार्षिक प्रतिवेदनमा पूर्वतयारी र योजनाबिना सडक भत्काएर काम थाल्दा ठूलो समस्या भएको उल्लेख छ ।
२२.४८ किलोमिटरको यो सडक-खण्डको विस्तारको काम सुरुदेखि नै समस्यामा रुमल्लिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रतिवेदनअनुसार यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउँदा गम्भीर गल्तिहरु गरिएका छन् । डीपीआरमा ‘साइट क्लेयरेन्स’का लागि भत्काउनुपर्ने कुनै भौतिक संरचनाको विवरण नै छैन ।
यो सडक खण्ड आसपास बाक्लै घर-टहरा छन् । तर २२ मिटर फराकिलो बनाउँदा कति घर टहरा र अन्य संरचना भत्काउनपर्छ भन्ने विवरण डीपीआरमा भेटिँदैन ।
यस्तै खानेपानी, ढल, विजुली, टेलिफोन, जस्ता अन्य उपयोगी पूर्वाधारहरुको व्यवस्थापनका लागि लाग्ने खर्चलगायतका विषय पनि यसमा छैन । यसले वास्तविक अवस्थाको जानकारी लिन, वास्तविक लागत अनुमान गर्न र निर्माणको काम अघि बढाउन सुरुमै समस्या परेको सार्वजनिक खरिद अनुगमन कार्यालयको ठहर छ ।
आयोजनालाई किन ५ प्याकेजमा विभाजन गरेर ठेक्का गर्नुपर्ने हो भन्ने विषय पनि स्पष्ट रुपमा डीपीआरमा उल्लेख छैन । सडकको ‘साइट क्लेयरेन्स’का लागि कुन सरकारी निकायले के-के काम कसरी गर्नुपर्छ भन्ने पनि उल्लेख नगरिएको प्रतिवेदनमा जनाइएको छ ।
सरकारले काम थाल्दासम्म पनि निर्माणस्थललाई ‘क्लीयर’ गरिएको थिएन । यसकै कारण ठेकदार कम्पनी साइटमा जानासाथै विवाद र अन्योल उत्पन्न भएको थियो । त्यसैले यो आयोजना रुग्ण बन्न पुगेको ठहर कार्यालयको छ ।
यो सडक विस्तारमा बिभिन्न सरकारी कार्यालयहरु जोडिन्छन् । रुख कटानका लागि जिल्ला बन कार्यालय, ढुंगेधारा र मन्दिर व्यवस्थापनका लागि पुरातत्व विभाग, पोल सार्नका लागि नेपाल विद्युत प्राधिरकण, सडक बत्ती व्यवस्थापनका स्थानीय तहहरु, टेलिफोनको तार व्यवस्थापनका लागि नेपाल टेलिकम, घर भत्काउनका लागि उपत्यका विकास प्राधिकरण लगायतका निकाय जिम्मेवार हुन्छन् । तर, कसले के गर्ने भन्ने विषय किटान गरिएको देखिँदैन ।
आवश्यक समन्वय अभावमा ती संस्थाबाट सहयोग प्राप्त नहुँदा आयोजना प्रभावित बनेको ठहर सार्वजनिक खरिद अनुगमन कार्यालयको छ । त्यसकै बहाना देखाएर ठेकदारले कतिपय ठाउँमा काम नगरेको पनि भेटिएको छ ।
घर भत्काउने जिम्मेवारी पाएको उपत्यका विकास प्राधिरकण अदालतहरुबाट घर नभत्काउन आएको अन्तिरिम आदेशका कारण रोकिएको छ । विद्युत प्राधिरकणले पनि घरहरु नभत्काइर्ंदा सडकभित्र पर्ने पोल, ट्रान्सर्फमर र हाइटेन्सन सार्न नसकिएको बताएको छ । कतिपय स्थानमा पोल सारे पनि पुराना पोल नै झिकिएको छैन । पोल सारेपछि पनि रकम भुक्तानी पनि नपाएको अर्को गुनासो प्राधिरकणको छ ।
टेलिकमले पनि घरहरु नभत्किँदा सडकको अन्तिम बिन्दु नभेटिएकाले तार सार्ने काम गर्न नसकिएको तर्क गर्ने गरेको छ । काठमाडौं महानगरसहितका स्थानीय तह निर्माणको काम नसकिएसम्म सडक बत्ती व्यवस्थापनका लागि काम गर्न नसक्ने भन्दै पन्छिएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानी ट्यांकी र पाइपको व्यवस्थापन समयमै नरगेको ठहर कार्यालयको छ । वन कार्यालयले पनि रुख कटानीमा ढिलाइ गरेको थियो ।
यस सडक खण्डमा कामको गति ढिलो हुँदा उपत्यका भित्रिने, बाहिरिने यात्रु तथा स्थानीयवासीले सास्ती भोग्दै छन् । आगामी असारसम्म काम सक्ने गरी यसको निर्माण भइरहेको दावी सडक विभागको भए पनि अझै थुप्रै काम बाँकी छन् ।
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
१,प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक :- नेत्र बहादुर कार्की ।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ ।
३,सम्पादक :- कुमार अधिकारी ।
४,सह-सम्पादक :- सबिन कार्की ।
५,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८,सम्बाददाता :- अर्जुन कार्की ।
९,सम्बाददाता :- गोबिन्द गौतम ।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
