Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जन्मसिद्धका सन्तानलाई नागरिकता दिने परिपत्रबारे सर्वोच्चले उल्टायो आफ्नै आदेश :


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २४ २०७६
  • 4.6K
    SHARES

हाम्रो “सत्य तथ्य सन्तुलित र निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा !

जन्मसिद्धका सन्तानलाई नागरिकता दिने परिपत्रबारे सर्वोच्चले उल्टायो आफ्नै आदेश :

जन न्युज नेपाल खबर डट कम 

____
सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई संविधान अनुसार नागरिकता दिलाउने गृहमन्त्रालयको परिपत्र रोक्न फेरी आदेश गरेको छ।

गृहमन्त्रालयको परिपत्र विरूद्ध बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि पहिलो सुनुवाई गर्दै यसअघि पनि सर्वोच्चले अन्तरकालिन अन्तरिम आदेश दिएको थियो। पछि उक्त इजलासले त्यो रोक्का फुकाएको थियो।

जन्मका आधारमा नागरिकता लिएकका सन्तानले बाबु र आमा दुवै नेपाली भएमा वंशजको नागरिकता पाउने संविधानमा व्यवस्था छ।

यो व्यवस्था कानुनमा भने छैन। सर्वोच्च अदालतकै विभिन्न आदेश र संविधानको कार्यान्वयन गर्नैकै लागि गृहले उक्त परिपत्र जारी गरेको देखिएको भन्दै आफैले लगाएको रोकलाई सर्वोच्चले फूकुवा गरेको थियो। फुकुवापछी धेरै नेपालीका सन्तानले त्यही परिपत्रका आधारमा नागरिकता लिन पाएका थिए।

मंगलबार भने न्यायाधीश ईश्वर खतिवडा र सुष्मालता माथेमाको इजलासले फेरि उक्त सर्कुलर अनुसार कामकारबाही नगर्न फेरि आदेश दिएको छ। यो विषयमा अदालतले यसअघि घिरि परिपत्रको कार्यान्वयन रोक्ने र घरि फुकाउने आदेश दिएको तिनले द्विवधा निम्त्याएको भन्दै अहिले फेरि रोक्ने आदेश गरेको हो।

‘यसबाट अदालतको आदेशको कार्यान्वयनमा द्विधा पैदा हुने अवस्था देखिएको र यसअदालतको आदेशमा एकरूपता र निश्चितता हुनसमेत वाञ्छनीय देखिएको हुँदा विवादित कानूनी प्रश्नको निरूपण पूर्ण इजलासबाट हुनु आवश्यक देखियो,’ उक्त इजलासको आदेशमा उल्लेख छ, ‘हाल गृहको उक्त परिपत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।’

गृह मन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानले आमा र बाबु दुवैको नागरिकता ल्याए नागरिकता बनाइदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो।

‘संविधानको धारा ११ को उपधारा ३ बमोजिम जन्मका आधारमा नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाणपत्र संलग्न गरी निवेदन दिएमा वंशजका आधारमा नागरिकता प्रदान गर्न अपनाउनुपर्ने कार्यविधि प्रक्रिया अपनाई, के बुझ्नुपर्छ बुझी उपयुक्त देखिएमा वंशजको नागरिकता प्रदान गर्न सकिने निर्णय भएको छ,’ परिपत्रमा भनिएको छ।

२०६३ मा अन्तरिम संविधान लागू भएपछि २०४६ चैत मसान्तसम्म नेपालमा बसोबास गरेको १५ वर्ष पुगेर त्यसपछि पनि निरन्तर यहीँ बसेकालाई राज्यले जन्मसिद्ध नागरिकता दिएको थियो।

नयाँ संविधान बनेपछि पनि जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानले नागरिकता लिन पाएका थिएनन्। यो आदेशले त्यस्ता नागरिकका सन्तानलाई फेरिपनि अप्ठेरोमा भने पार्ने देखिन्छ!copied

हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
१ ,प्रबन्धक निर्देशक/प्रकाशक/ नेत्र बहादुर कार्की 
२,प्रधान सम्पादक :- राज कुमार हुमागाइ।

३ ,सम्पादक :-कुमार अधिकारी 
४ ,सह-सम्पादक :- सबिन कार्की ।
५ ,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६ ,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७ ,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८ ,सम्बाददाता :- अर्जुन कार्की ।
९ ,सम्बाददाता :- गोबिन्द गौतम ।
१०,सम्बाददाता :- आशा लामा।

ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४