Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपचारको क्रममा गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा बालिकाको निधन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २४ २०७६
  • 5.3K
    SHARES

हाम्रो “सत्य तथ्य सन्तुलित र निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा !

मुटुको भाल्वको शल्यक्रियाका क्रममा सर्लाही सिसौटियाकी आकृति कुमारीको मृत्यु भएको थियो । बालिकाका आफन्तले शल्यक्रियाको क्रममा गलत रगत चढाउँदा बालिकाको मृत्यु भएको आरोप लगाएपछि अस्पतालले डाक्टर झिझुनाथ पोखरेल, सर्जन सिद्धार्थ प्रधान, नर्सिङ प्रतिवदन ढंगोल लगायतको टिमको छानवित समिति गठन गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डाक्टर ज्योतिन्द्र शर्माका अनुसार ५ वर्षया आकृतिको मुटुमा जन्मजात मुटु भित्र प्वाल थियो । उनको मुटुको दाहिने र देब्रे दुबै भागमा एक÷ एक वटा खण्ड हुनुपर्नेमा आकृतिको मुटुको दाहिले भागमा दुई खण्ड भएको हुँदा शल्यक्रिया निकै जोखिमपूर्ण थियो ।

जोखिम पूर्ण शल्यक्रिया भएको हुँदा शल्यक्रिया सफल हुने या नहुने भन्नेमै निश्चित थिएन । तर अहिले गलत समूहको रगत दिँदा बालिकाको मृत्यु भएको भन्ने शंका उत्पन्न भएपछि आफन्तलाई स्पष्ट जानकारी गराउनको लागि समिति गठन गरिएको उनले बताए ।

डा. शर्माले अहिलेसम्म गंगालाल अस्पतालको २० वर्ष लामो सर्जरीको इतिहासमा २० हजार भन्दा बढी ओपन हार्ट सर्जरी सफलतापूवर्क गरेको बताउँदै यदी गलत समूहको रगत नै मृत्युको कारण भएको पाइए कडाभन्दा कडा कारबाही गर्ने बताए ।

निर्देशक शर्माले रातोपाटीसँग कुरा गर्दै भने, ‘छानविन पछि अस्पतालनै दोषी ठहरिएको खण्डमा सरकारी अस्पतालले निजी अस्पतालले जसरी क्षतिपूर्ति दिन सक्दैन, तर अबका दिनमा घटना नदोहोर्याउने काम भने अवश्य हुन्छ । गल्ती भएको हो भने यो नै पहिलो र अन्तिम घटना हुनेछ ।’

कुमारीको रगत समूह ‘ओ’ पोजेटिभ भएपनि अस्पतालमा ‘ए’ पोजेटिभ रगत चढाइएपछि ज्यान गएको आफन्तको दाबीछ ।  तर अस्पतालले भने छानबिन प्रतिवेदन आएपछि सबै स्पष्ट हुने बताउँदै आएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४