हाम्रो “सत्य तथ्य सन्तुलितर निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम”हरेक पलपलमा तपाईंहरुको साथमा !
चालु आर्थिक वर्षको (२०७५/०७६) १० औ महिना चलिरहँदा कर्मचारी सेवा सुविधाको लागि मात्र ३८ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । कर्मचारी सेवा सुविधा र निवृत्त सुविधाका लागि चालु वर्षका लागि ६१ अर्ब रुपैयाँ बजेट छुट्याइएको थियो ।
महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता जगन्नाथ देबकोटाले विभिन्न मन्त्रालयबाट कर्मचारी खर्चका लागि अर्थमन्त्रालयमा बजेट माग भएर आउने र अर्थले बिनियोजन गर्ने गरेको बताउँछन् । यसकारण यो बजेटलाई अर्थ बजेट अन्तगत राखिन्छ । वैशाख २३ गतेसम्म ३८ अर्ब १० करोड २७ लाख कर्मचारी सेवा सुविधाकै लागि खर्च भइसकेको तथ्यांकमा देखिन्।