प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले भने, ‘ भुलचुकले होइन । जानीबुझी राखिएको र आवश्यक शब्दावली हो ।’
विपक्षी दलहरुले दिउँसै सपना देखेको भनेर नीति तथा कार्यक्रमबारे आलोचना/टिप्पणी गरेपछि प्रधानमन्त्री ओलीले व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रममा उठेका विषयको जवाफ दिँदै भने, ‘यो देश बनाउने, भविष्यको सपना हो ।’