
हाम्रो “सत्य, तथ्य र निष्पक्ष खबर “जन न्युज नेपाल खबर डट कम ” हरेक पल – पलमा तपाईंहरुको साथमा ” ।
चलचित्र “ल्हुई ह्रो” काे पत्रकार सम्मेलनमा चलचित्रकर्मीहरू प्रति गाली गलाैज गर्नेहरूलाई अध्यक्ष विकु थाेकरद्दारा सबैको ध्यानाकर्षण ,
बैशाख ११, २०७६ प्रकाशित :
जन न्युज नेपाल खबर डट कम :
फाेटाे : Netra बहादुर कार्की :
https://youtu.be/o_Nrgh9jojo
बैशाख ११ गते काठमाडाैँ / तामाङ भाषाको कथानक चलचित्र “ल्हुई ह्रो” को आगामी जेठ चार गते राष्ट्रिय नाचघर जमलमा प्रिमियर शो हुने कालीदेवी मिडिया हाउसका अध्यक्ष सञ्चकुमारी तामाङ (सर्मिला)ले जानकारी दिनु भएको छ । तर नायक तथा निर्देशक विनायक तामाङले नेपाली र तामाङ भाषामा डबिङ गरेको जानकारी दिए पछि नेपाली चलचित्र हो कि तामाङ चलचित्र हो भन्नेमा केही समय विवाद भएको थियो । 
पत्रकारहरुले राखेको जिज्ञासामा नायक तथा निर्देशक विनायक तामाङले लगानी जोगाउनका लागि नेपाली र तामाङ भाषामा डबिङ गरेको जवाफ दिनुभयो भने नायिका संगिता दोङले पत्रकारहरुले एक पटक दर्शकहरुलाई पनि प्रश्न सोध्ने हो कि ? भनेर पत्रकारलाई उल्टै प्रश्न गर्नु भएको थियो ।
पत्रकारहरुले निर्मातालाई तामाङ भाषाको नाममा तामाङ समुदायलाई झुक्याउन खोजेको त होइन ? भनेर प्रश्न राखेका थिए । तर नायक विनायक तामाङले आउँदो जेठ ४ गते राष्ट्रिय नाचघर जमलमा तामाङ भाषामा नै प्रिमियर शो हुने जानकारी दिनुभएको छ । 
तामाङ संस्कृति र संस्कारलाई सम्बर्द्धन प्रवर्द्धन गर्ने उदेश्यले निमार्ण भएको तामाङ कथानक चलचित्र भएको हुनाले “ल्हुई ह्रो” चलचित्र नेपाली भाषामा डबिङ गरेको भएता पनि तामाङ कथानक चलचित्र भनेर प्रचार–प्रसार गर्दा केही फरक नहुने तामाङ चलचित्र संघ नेपालका केन्द्रिय अध्यक्ष विकु थोकरले बताउनु भएको थियो ।
“कसैले फेसबुकमा दुई शब्द लेख्दैमा तामाङ चलचित्र निर्माता र कलाकारहरु सकिँदैनन्, त्यसैले कसैले पनि सामाजिक संजालमा गाली गलौज गर्दैमा तामाङ चलचित्र निर्माण गर्न पछि नहट्ने बरु तामाङ चलचित्रका निर्माता तथा कलाकारहरुलाई अगाडी बढ्न प्रोत्साहन मिल्ने छ ।” अध्यक्ष विकु थोकरले बताउनु भयो । 
तामाङ चलचित्रकर्मीहरुको समस्या यो समाजले किन बुझ्न खोज्दैन ? नायिका संगीता दोङको प्रश्नलाई अध्यक्ष विकु थोकरले पत्रकारहरुको सामु भन्नुभयो “अब चलचित्रकर्मीहरुले दुःख पाउने दिन गए । ढुक्कले कलाकारिता क्षेत्रमा लाग्नु होला ।”
अध्यक्ष थोकरले जेठ ४ गते हुने प्रिमियर शोमा लाग्ने ६० प्रतिशत खर्च ब्योहर्ने पत्रकार सम्मेलनमा घोषणा गर्नु भएको छ ।
कालीदेवी मिडिया हाउसका अध्यक्ष सञ्चकुमारी तामाङ (सर्मिला)ले भाषाको कारणले आफ्नो लगानी डुब्ला कि भन्ने डरले नै दुई भाषामा डबिङ गरेको जानकारी दिनुभयो ।
नायक तथा निर्देशक विनायक तामाङको “सेम्ला ह्रो” को अपार सफलतापछि निर्माण भएको यो “ल्हुई ह्रो” तामाङ समुदायले रुचाउने छ। भन्नेमा पुर्ण आशा लिएको निर्माण पक्षले बताउनु भएको छ । तामाङ समुदाय र आम नेपाली समाजमा भएका विकृति र विसङ्गतीको विरुद्घमा आवाज उठान गर्नका लागि यो चलचित्रले राम्रो सन्देश दिने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । त्रिकोणात्मक प्रेम कथामा आधारित भएकोले “ल्हुई ह्रो” चलचित्र अहिलेका नयाँ पुस्ताले पनि रुचाउने नायिका संगीता दोङले दाबी गर्नु भएको छ।
तामाङ चलचित्रले आफ्नो लगानी उठाउनका लागि विशेष च्यारीटी शो गर्नुको अरु विकल्प नरहेको कारणले पनि आधुनिक प्रविधिको साथ र सहयोगको आवश्यकता रहेको हुनाले सम्पुर्ण पत्रकार मित्रहरुले समाचार सम्प्रेसन गरी प्रचार प्रसारमा साथ दिनका लागि नायक तथा निर्देशक विनायक तामाङले सबैलाई आग्रह गर्नुभयो ।
यो तामाङ कथानक चलचित्रमा नायक तथा निर्देशक विनायक तामाङ, नायिका संगीता दोङ,सोनी दोङ, पुर्ण तामाङ, सुर्य थिङ, बुद्घ तामाङ, अर्जुन श्रेष्ठ र नेपाली तथा तामाङ चलचित्रमा नाम कमाउन सफल हाँस्य कलाकार कुईसाङ रुम्बा साथै अन्य कलाकारहरुको पनि अभिनय रहेका छ। भने यस चलचित्रमा नायक विजय तामाङ लाेप्चनले अतिथि कलाकारकाे भुमिकामा पृथक अभिनय रहेकाे जनाउनु भएको छ ।
चलचित्रमा निर्माता सञ्चकुमारी तामाङ (सर्मिला), सहनिर्माता समिर लामा, कार्यकारी निर्माता ध्रुव छिरिङ तामाङ, छायाँङ्कन रेशम दर्लामी मगर, द्वन्द्घ राजु किराँत, नृत्य सागर लामा (गोले), निर्माण सहयोगी शोभितमान लामा, संगीत प्रयास दोङ र कमल तामाङ, कथा सेरप लोप्चन, पटकथा संवाद रुपेश थिङ, दिपीका लोप्चन, पोष्ट प्रोडक्शन म्याक्सन फोडी पोखरा, गीतकार प्रतिक मोक्तान, कुमार स्याङवाको रहेको छ ।
तामाङ चलचित्र संघ नेपालका महासचिव जयनकुमार माेक्तानले कार्यक्रम संचालन गर्नु भएकाे थियाे । भने सन्चकुमारी तामाङ को सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा तामाङ चलचित्र संघका केन्द्रिय अध्यक्ष बिकु थोकर बिशेष अतिथिहरुमा बिकाश भ्लोन आशामा तामाङ ” वाइबा” रार्ष्ट्रिय संगीतकर्मी संघ रसुवा जिल्ला अध्यक्ष दावा फिन्जाे तामाङ राष्ट्रिय संगीतकर्मी संघ प्रदेश नम्बर ३ का सचिब नेत्र बहादुर कार्की राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सदस्य राज कुमार हुमागाइ र तामाङ समुदायका विभिन्न कलाकारहरु लगाएत अन्य व्यक्तिहरू उपस्थिति रहेको थियो।
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२