समिति गठन प्रक्रिया धकेलियो, नयाँ वर्षसँगै कांग्रेसले देशव्यापी जनजागरण अभियान सुरू गर्ने
नेपाली कांग्रेसले तत्काल केन्द्रीय कार्यसम्पादन समिति गठन नगर्ने भएको छ।
शीर्ष नेताहरूबीच कार्यसम्पादन समितिमा भागबण्डा नमिले पछि समिति गठनको एजेण्डालाई थाँती राखेर कांग्रेसले नयाँ वर्षसँगै देशव्यापी जनजागरण अभियान सुरू गर्न लागेको हो।
२९ सदस्यीय हुने केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी केन्द्रीय पदाधिकारी पनि रहन्छन्। सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई आठ सदस्यको नाम दिन भनेका थिए। तर पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भागबण्डा चित्त बुझ्ने खालको नभएको भन्दै फरक मत राखेका थिए। फेरि छलफल गर्ने भन्दै कांग्रेसले केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरेको थियो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले तत्काल केन्द्रीय समिति बैठक नबस्ने बताए।
शर्माका अनुसार छिटै देशव्यापी जनजागरण अभियानको घोषणा हुँदैछ।
‘हामी देशव्यापी जनजागरण अभियानको तयारी गर्दैछौं,’ शर्माले सेतोपाटीसँग भने, ‘जनजागरण अभियानबाट फर्केपछि मात्रै केन्द्रीय कार्यसम्पादन समिति गठन हुन्छ।’ नयाँ वर्षसँगै कांग्रेसले संगठन सुदृढीकरणका लागि जनजागरण अभियान सुरू गर्न लागेको हो।
उक्त अभियान वर्षभर नै सञ्चालन गर्ने कांग्रेसले जनाएको छ।
संघ र सातै प्रदेशमा चुनाव हारेको कांग्रेसले प्रतिपक्षी भूमिका पनि प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको भन्दै नेतृत्वको विरोध हुँदै आएको छ।
कांग्रेसले केन्द्रीय अनुशासन समिति, केन्द्रीय निर्वाचन समिति र नीति निर्माण निर्देशन समिति बनाइसकेको छ भने केन्द्रीय समितिपछिको शक्तिशाली कार्यसम्पादन समिति गठन गर्न सकेको छैन।
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२