नायक तथा राष्ट्रिय संगीतकर्मी संघ रसुवा जिल्ला अध्यक्ष दावा फिन्जो तामाङ “Best Actor ” अबार्डमा बन्न सफल हुनु भएको छ !!!
जन न्युज नेपाल खबर डट कम :
नेत्र बहादुर कार्की :
पुष १६ गते सोमबार प्रकाशित :
काठमाडौं /नायक तथा राष्ट्रिय संगीतकर्मी संघ रसुवा जिल्ला अध्यक्ष दावा फिन्जो तामाङ “Best Actor ” अबार्डमा बन्न सफल हुनु भएको छ !!!
राष्ट्रिय संगीतकर्मी संघ रसुवा जिल्ला अध्यक्ष तथा चर्चित नायक दावा फिन्जो तामाङ २०६२/६३ सालदेखि नै कलाकारिता क्षेत्रमा अर्थात फिल्म क्षेत्रमा लागि पर्नु भएको थियो ।भने दावा फिन्जो तामाङ अहिले देश बिदेश तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै चर्चा बटुल्न सफल हुनु भएको छ,। उहाँले निर्देशक सुजन लामाको निर्देशनमा निर्मित तामाङ फिल्म गोदेवा देखि सुरुवात गरेर देश तथा बिदेश तताउनु भएको थियो ।
उक्त गोदेवा चलचित्रमा राम्रो अभिनय देखेर सुजन लामाले अर्को कावा (जन्म ) चलचित्रमा मुख्य नायकको भुमिकानै सिफारिस गरेको कुरा पनि खुलाउन पछि परेनन् दावा,फिन्जो तामाङ ,उहाँले दर्जनौं तामाङ फिल्महरुमा अभिनय गरेको र राम्रो अभिनय गर्न सकिने हेर्दामा चाइनिज मुहारको धनि र चलचित्रमा चहिने कुनै पनि अभिनयमा कमजोरी नदेखौउने भएकोले गर्दा पनि २०७१ सालमा लाख मान योन्जनको निर्देशनको नेपाली फिल्म mongolian heart मा आफू मुख्य नायक( पात्रको) भुमिका निभाएको दावा फिन्जो तामाङले बताउनु भयो,।
मङ्गोलियन हर्ट चलचित्रमा राम्रो अभिनय र फाइट देखेर धेरै निर्देशकको माग बढेको तर आफ्नो ब्यापार ब्यबसायको कारण बस् चलचित्रमा समय दिन कठिन भएको पनि दावा फिन्जो तामाङले बताउनु भयो। उहाँले भन्नुभयो म समयसापेक्ष रूपमा फिल्ममा काम गर्ने नै छु। तर समयमा स्वभाबिक रूपमा निरन्तरता ,दिन भने सकेको छैन ।
फेरि पनि निक्कै समय पछि मैले आफ्नो करियर सम्हालेर चलचित्र क्षेत्रमा फेरि जम्न सफल हुदैछु। भने हाल सालै नेपाली चलचित्र राम साइलीमा पनि मुख्य पात्रको भुमिकामा देख्न सकिने पनि दावा फिन्जो तामाङले बताउनु भएको छ। उहाँ,२०७४ मा राष्ट्रिय संगीतकर्मी संघ रसुवाको अध्यक्ष र २०७५ मा आफ्नै जिल्लाभर भएको कलाकारहरु एक बनाई आफू प्रमुख सल्लाहकार बसेको नयाँ पिडिलाई प्राथमिकता दिनु पर्छ ।
भन्ने सोचाइका साथ् गायक शिशिर थोकर तामाङको नेतृत्वमा कलाकार संघ रसुवा गठन गरेको कुरा जन न्युज नेपाल खबर डट कम प्रतिनिधि सङ्ग खुलाउनु भयो,। साच्चै भन्नू पर्दा उहाँ सबैलाई माया गर्ने ब्यक्ति पनि हुनुहुन्छ । उहाँको आफ्नो आर्थिक अबस्था खासै बलियो नभएको पनि बताउनु भयो। तर गरिब दिन दु:खी असहायको खुब सहयोगी बन्न मन लाग्ने कुराकानी को क्रममा जन न्युज नेपाल खबर डट कम प्रतिनिधिलाई बताउदै अगाडि भन्नुभयो गरिब र टुहुरा देख्दा खेरि मलाइ आफ्नो बिगतको दिनको स्मरण हुन्छ। र आफू पनि हिजोको समयमा यस्तै थियो । भन्ठानि धेरै थोरै गच्छअनुसारको सहयोग गर्न मन लाग्ने बताउनु हुन्छ । दावा फिन्जो तामाङले भन्नुहुन्छ । मान्छेको आफ्नो सोचाइले गर्दा नै जिबन परिवर्तन गर्न र अगाडि बड्न सफल भएको महशुस गर्दछ। हामी, सानै देखि कलाकारकार क्षेत्रमा लागेर आर्थिक राहतको संकलन गरि गरिब टुहुरा वृद्ध असहायहरुलाई दान गर्छौ। भन्ने सोचाइले गर्दा आज कला प्रेमी हुन पुगेको कुराकानी को क्रममा दावाले बताउन पनि पछि पर्नु भएन। भने उहाँले धेरैलाई सहयोग पनि दिइएको बताउनु भयो। उहाँले भन्नुभयो । यो समाजमा आफ्नो र अर्काको नछुट्टाउने सहयोगी मनका धनीहरु धेरै नै भएको बताउदै भन्नुहुन्छ । म हिजो आज आफ्नो कलाको परिचय दिन र सफल बनेर आफ्नो कलाको फल टिप्न ब्यस्त भएको छु।,विभिन्न संघ सस्थाहरुले अतिथि र सम्मानले झन बढी हौसला बढाउने क्रममा तिब्रता आएको छ। हाल सालै हिमालयन अन्तराष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९ मा पनि Best Actor द्वारा सम्मान गरेको पनि छन् ! उहाँ भन्नुहुन्छ ,चलचित्र र समाज सेवामा लागि पर्नेछु।दावा अहिले निक्कै अग्रतामा देखिन्छन् । भने पुर्ण अगि बड्नका लागि धेरै धेरै शुभकामना दिन चाहन्छु!!!
जन आवाज मिडिया हब प्रा. लि. परिवार :
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।======================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२