राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय समितिको आजको बैठकद्वारा निम्नलिखित निर्णयहरु गर्दै सम्पन्न !!!
जन न्युज नेपाल खबर डट कम
नेत्र बहादुर कार्की !
पुष १५ गते आइतबार प्रकाशित :
काठमाडौं / राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय समितिको बैठक आज केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीज्युको अध्यक्षतामा केन्द्रीय कार्यालय कोटेश्वर काठमाडौंमा बस्यो। र विभिन्न प्रस्तावहरु माथी छलफल गरेर विभिन्न निर्णयहरु गर्दै भब्य रूपमा सम्पन्न भएको छ। आजको बैठकद्वारा निम्नलिखित बुदामा छलफल गर्दै तीन जना सदस्यहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै सु सम्पन्न भएको छ। आजको बैठकमा उपस्थित हुनुहुने केन्द्रिय पदाधिकारीहरु सदस्यहरु प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षहरुको उपस्थितिको विवरण जस्ताको तस्तै पेश गरेको छौ।
१,अध्यक्ष ,राजेन्द्रकुमार कार्की ।
२,प्रथम उपाध्यक्ष प्रकाश कटुवाल।
३,उपाध्यक्ष श्यामसुन्दर धिताल ।
४,उपाध्यक्ष अमृत खाती ।
५, महासचिव बिक्रम जंग शाह ।
६,सचिब शर्मिला श्रेष्ठ ।
७, सचिब जिबन परियार।
८,कोषाध्यक्ष मिलन श्रेष्ठ ( तिर्थ )
९,सह-कोषाध्यक्ष सुर्य कुमार श्रेष्ठ ।
१०,प्रबक्ता होमराज सुवेदी।
११, केन्द्रिय सदस्य एलिना रायमाझी ।
१२, केन्द्रिय सदस्य आशा लामा ” ज्ञानमाला”
१३,प्रदेश ७ सयोजक अर्जुन सुनाम।
१४, बैकल्पिक केन्द्रिय सदस्य राज कुमार हुमागाइ।
१५,प्रदेश नम्बर ३ सचिब नेत्र बहादुर कार्की ।
१६, रसुवा जिल्ला अध्यक्ष दावा फिन्जो लामा ।
१७,काभ्रे जिल्ला सचिब दिनेश लामा ।
१८, निबर्तमान केन्द्रिय सदस्य नारायण सापकोटा ।
लगाएतको उपस्थितिमा विविध बिशेष बिषयमा छलफल गर्दै केही प्रस्ताबहरु पारित गरिएका छन।
प्रस्ताबहरु
१, शोक प्रस्ताब पारित गर्ने सम्बन्धमा।
२, नवलपरासीमा हुन गइरहेको अबार्ड सम्बन्धमा।
३, लोक दोहोरी प्रतियोगिता सम्बन्धमा।
४, मनोनयन सम्बन्धमा।
५, राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखाले २०७५ /फाल्गुन ११ गते गर्न लागेको ल्होसार को सम्बन्धमा।
६, बिबिध बिषयमा ।
१, प्रस्ताब नम्बर १ माथी छलफल गर्दा चर्चित लोक गायक बुद्धि कृष्ण लामिछाने ज्युको ६३ बर्षको उमेरमा भएको असामयिक निदन प्रति दु:ख व्यक्त गर्दै १ मिनेट मौन धारण गरि मृत आत्माको चिरशान्तिको कामना र परिवारजनमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुनभन्दै शोक प्रस्ताब पारित गरियो।
२,प्रस्ताब नम्बर २ माथी छलफल गर्दा राष्ट्रिय संगीतकर्मी संघ केन्द्र को संरक्षकत्व & जिला साखा नबलपरासी को आयोजना मा फाल्गुन ०४ गते बर्दघाट मा हुने राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५ को अबार्ड कार्यक्रममा केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्की र उपाध्यक्ष अमृत खातीले सहजीकरण र संयोजन गरि सम्पूर्ण केन्द्रिय पदाधिकारीहरुले फर्म भरेर सहयोग गर्ने निर्णय गरियो।
३, प्रस्ताब नम्बर ३ माथी छलफल गर्दा राष्ट्रिय संगीतकर्मी संघको आयोजनामा र केन्द्रिय महासचिव बिक्रम जंग शाहको संयोजकत्वमा लोक तारा लोक दोहोरी प्रतियोगिताको आयोजना आगामी २०७६ सालको बैशाख महिना भित्रमा सु सम्पन्न गर्ने निर्णय गरियो।
४, प्रस्ताब नम्बर ४ माथी छलफल गर्दा केही महत्त्वपूर्ण ब्यक्तिहरुलाइ पछि मनोनीत गर्ने गरि हाललाई ३ जनालाई मनोनीत गरियो। जस अनुसार निबर्तमान केन्द्रिय सदस्य नारायण सापकोटा निबर्तमान सचिब चन्द्र खड्का र लोक दोहोरी गायिका सुनिता दुलाललाई सदस्यमा मनोनयन गर्ने निर्णय गरियो।
५,राष्ट्रिय संगीतकर्मी संघ जिल्ला साखा रसुवाले फाल्गुन ११ गते स्याफ्रुबेशी मा गर्ने ल्होसार महोत्सव २०७५ मा आबस्यक सहयोग अनि सक्रिय सहभागिता केन्द्रबाट जनाउने निर्णय गरिएको छ।
६, अन्य बिबिध कुरामा छलफल गर्दा देशव्यापी रूपमा राष्ट्रिय संगीतकर्मी संघका संगठनहरुलाइ देशव्यापी रूपमा बिस्तार गर्दै जाने र गठन गरिएका तर केही निष्क्रिय रूपमा रहेका जिल्लाका कमिटीहरुलाइ रुपान्तरण गर्दै नयाँ कमिटी गठन गर्दै जाने र संगठनलाई देश तथा बिदेशमा बिस्तारित गर्दै संगठनलाई अझै बलियो रूपमा अगाडि बढाउने निर्णय गरियो।
राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय प्रबक्ता होमराज सुवेदीले जन न्युज नेपाल खबर डट कम लाई जानकारी गराउनु भएको छ ।
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।========================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२