Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फाल्गुन ४ गते ‘राष्ट्रिय संगीतकर्मी अवार्ड -२०७५’ हुने जन न्युज नेपाल  खबर डट कम  :


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ६ २०७५
  • 7K
    SHARES

फाल्गुन ४ गते ‘राष्ट्रिय संगीतकर्मी अवार्ड -२०७५’ हुने जन न्युज नेपाल  खबर डट कम  :

नेत्र बहादुर कार्की 

काठमाडौं, ६ पुस । राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला कार्यसमिति नवलरासीले आउँदो फागुन ४ गते ‘राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५’ को आयोजना गर्ने भएको छ ।

शुक्रबार : रिपोर्टर्स क्लब नेपालको हलमा पत्रकार सम्मेलनमार्फत उक्त अवार्डको आयोजना गर्न लागेको जानकारी दिईएको हो । राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीले पश्चिम नवलपरासीको बर्दघाटमा फाल्गुन ४ गते सम्पन्न हुने ‘राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५’ को संरक्षकमा रहेर केन्द्रीय समितिले सक्दोसाथ दिने विश्वास दिलाएका छन ।

उनले भने,‘राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनपछि हामीले देशभरि नै संगीतको क्षेत्रमा नयाँ आयमसहितको मुभमेन्ट लिएर अघि बढ्ने संकल्प गरेका छौं,। नवलपरासीले चाहेको खण्डमा प्रत्येक वर्षमा राष्ट्रिय संगीतकर्मी अवार्ड सम्पन्न गर्न सक्नेछ, । केन्द्रले शाखाहरुको संरक्षक भएको नाताले सहकर्मी भएर साथ दिन तयार छ, । केन्द्रले गर्न नसकेको कार्य पश्चिम नवलपरासीको बर्दघाटमा जिल्ला कार्यसमिति नवलपरासीले गर्दैछ, । यो कार्यका लागि अध्यक्ष भानुमती तिवारी (राधा )लाई धन्यवाद र बधाईछ ।

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला कार्यसमिति नवलरासीकी अध्यक्ष भानुमती तिवारी (राधा) ले ‘राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५’ निष्पक्ष र बिबादरहित हुने बताएकी छन् ।

उनले भनिन्,‘यहाँभन्दा पहिलेका अवार्डहरुले समाजमा नकारात्मक सन्देश प्रवाह गरेका छन्,। अब हामीले यो अवार्डबाट संगीत क्षेत्रमा ईमानदार र सच्चा कलाकारहरु पनि छन्।भन्ने सन्देश प्रवाह गर्छौं ।

उनले अघि थपिन्,‘आउँदो फागुन ४ गते नवलपरासीको वर्दघाटमा यो अवार्डको आयोजना गरेका छौं। यस कार्यमा सबैलाई आफ्नो स्थानबाट साथ दिनको लागि आग्रह गर्दछु, । अवार्डहरुमा सर्वोत्कृष्ट राष्ट्रिय गीत, सर्वोत्कृष्ट लोक गीत, सर्वोत्कृष्ट लोक दोहोरी गीत, सर्वोत्कृष्ट आधुनिक गीत, चलचित्र गीत, बाद्यबादक, सर्वोत्कृष्ट रचनाकार, सर्वोत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट गजललगायत ४० विधामा अवार्ड वितरण गरिनेछ ।’

मंसिर १५ गतेदेखि सूरु भएको अवार्ड फर्म वितरण माघ १५ गतेसम्म खुल्ला रहने जानकारी दिँदै अध्यक्ष तिवारीले भनिन्,‘आजका मितिसम्म नौं सय जति कलकारहरुले आफ्ना सिर्जनाहरु दर्ता गराउनु भएको छ। विषेशगरी दोहोरी क्षेत्रका कलाकारहरुले फर्म भर्नुभएको छ । एउटा विधाको पाँच सय, एल्बमको दर्ता दुई हजार शुल्क राखेका छौं ।’

सो कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रका वरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गना, राष्ट्रिय संगीतकर्मी संघ, नवलपरासी जिल्लाका उपाध्यक्ष सन्तु गाहा, लोक संञ्चारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणी गौतम लगायतले उक्त ‘राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५’ बारेमा आफ्ना कुराहरु राखेका थिए । भने कार्यक्रममा केन्द्रिय उपाध्यक्षद्दय श्यामसुन्दर  धिताल  उमा श्रेष्ठ  उपमहासचिव  गोबिन्द दुलाल सचिब  जिबन परियार  सह- सचिब  श्रीकृष्ण दाहाल  सह-कोषाध्यक्ष  सुर्य कुमार श्रेष्ठ  केन्द्रिय सदस्य  राजकुमार हुमागाइ  ३ नम्बर प्रदेश सचिब  नेत्र बहादुर कार्की  रसुवा जिल्ला अध्यक्ष  दावा फिन्जो तामाङ  लगाएत नवलपरासी जिल्लाका  पदाधिकारी  र सदस्यहरुको बाक्लो उपस्थितिमा  पत्रकार सम्मेलनमार्फत  राष्ट्रिय संगीतकर्मी  अबार्ड  २०७५ को सबैलाई  जानकारी  गराइएको  छ। 

हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।========================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४